उस्तै नाता पर्नेलाई बराबरी अपुताली हक लाग्ने

२३ चैत, काठमाडौँ । निधन भएको व्यक्तिको अपुताली सो व्यक्तिलाई निधन हुनुअघि कसले पालनपोषण गरेको हो भन्ने स्पष्ट नभए उस्तै नाता पर्ने सबैलाई बराबरी भाग लाग्ने सर्वोच्च अदालतले ठहर गरेको छ ।

न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यस्तो ठहर गरेको हो ।

बारा जिल्ला कलैया नगरपालिका बस्ने जैनव अन्सारी र सोही जिल्लाको साविक वसन्तपुर गाउँ विकास समिति बस्ने मनोरमा अन्सारीबीच बाबुआमाको अपुतालीको सम्पत्ति कसले पाउने भन्ने सम्बन्धमा परेको मुद्दामा अदालतले यस्तो ठहर गरेको हो ।

Advertisement

दुवै दिदीबहिनीबीच बाबुआमालाई आफूले पालनपोषण गरेको उल्लेख गर्दै अपुतालीबाट प्राप्त भएको सम्पत्ति आफूले मात्र पाउनुपर्ने भन्दै विवाद भएको थियो ।

अपुतालीमा विवाद भएपछि मनोरमाले अपुतालीमा आफ्नो हक लाग्ने भन्दै बारा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । बारा जिल्ला अदालतले मनोरमाको दाबी नपुग्ने ठहर गरेको थियो । पछि तत्कालीन पुनरावेदन अदालतले पनि अपुतालीबाट प्राप्त भएको सम्पत्ति ती दुई मात्र नभइ तीनै जना दिदीबहिनीले पाउने भन्ने फैसला गरेको थियो ।

Advertisement

यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतबाट भएकै फैसलालाई सदर गरी तीनैजना दिदीबहिनीले अपुतालीको सम्पत्ति पाउने भनी फैसला गरिदियो ।

सर्वाेच्चले डढे वर्षअघि सो फैसला गरेको भएतापनि फैसलाको पूर्ण पाठ केही दिनअघि मात्र सार्वजनिक भएको छ ।

सर्वोच्चको फैसलामा उल्लेख छ– ‘कुनै ठोस र निश्७शधव;चयात्मक प्रमाणबाट बाबुआमालाई वादी–प्रतिवादीमध्ये यसैले नै पालनपोषण, स्याहारसुसार र औषधोपचार गरेको हो भन्ने पुष्टि नभए त्यस्तो अवस्थामा उनीहरूको पालनपोषण र स्याहारसुसारमा वादी–प्रतिवादी सबैको नै भूमिका रहको भनी बाझ्नुपर्ने हुन्छ ।’

आजकोनेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top