‘ऋणमा रेल ल्याइन्न, जतिसक्दो अनुदानमै रेल’

२४ असोज ७६, शनिबार

२५ असोज, काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणका क्रममा ठूला परियोजना कार्यान्वयन सम्झौता हुने भएको छ ।

नेपाल–चीन अन्तरदेशीय रातामाटे–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवदेन(डिपीआर) सम्झौता, कोदारी राजमार्ग स्तरोन्नति, बहुप्रतीक्षित सिगात्से–रसुवागढी रेलको डिपिआर निर्माण र लगानी, हिल्सा नाका जोड्ने–खोल्ने, मुस्ताङ–कोरला नाका सडक, चीनसँग सिमाना जोडिएका जिल्लामा पूर्व–पश्चिम सडक सञ्जाल जोड्ने लगायत रणनीतिक महत्वका आयोजना कार्यान्वयन विषयमा सम्झौता हुने सरकारी अधिकारीहरुले बताएका छन् । सरकारले ऋणमा सिगात्से–रसुवागढी रेल निर्माणका लागि सम्झौता नगर्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनायो ।

‘प्रधानमन्त्रीज्यू ऋण लिएर रेल ल्याउने मनस्थितिमा हुनुहुन्न,’ स्रोतले भन्यो ,‘अहिले रेलको डिपिआर निर्माण सम्झौता हुने सम्भावना धेरै छ ।’ चिनियाँ पक्षले भने लगानीको प्रतिफल पाउनुपर्ने माग राख्दै आइरहेको छ । ‘चिनियाँ पक्षले ऋण लगानी मात्रै होइन, त्यसको प्रतिफलसमेत माग गर्दै आइरहेका छन् ,’ प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने ,‘सरकारले जतिसक्दो अनुदानमै रेल ल्याउन चाहेको देखिन्छ ।’ यो समाचार नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top