एउटै गाउँबाट पाँच करोडको सुन्तला विक्री

सल्यान : वागचौर नगरपालिका कोटमौला गाउँ अहिले सुन्तला पाकेर पहेँलपुर देखिन्छ । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकोले धेरैले सुन्तला खेती गरेका छन् ।

राजनीतिकर्मी र सरकारी जागिरेसहित अन्य पेशा–व्यवसायमा संलग्नहरुको पनि अचेल सुन्तला खेतीमा आकर्षण बढेको छ । यहाँका सवै घरमा आगन र वारीमा सुन्तला खेती फस्टाएको छ । सुन्तला खेतिबाट मनग्य आम्दानी हुने भएपछि सुन्तला खेतीतर्फ आकर्षण बढेको हो ।

दुई कार्यकाल नेकपा एमाले सल्यान अध्यक्ष जिम्मेवारी पुरा गरिसकेका लोकवहादुर डाँगी केपी ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले राजनीतिसंगै सुन्तला खेती पनि गर्नुभएको छ । १६ रोपनीमा व्यावसायिक सुन्तला खेतीसँगै नर्सरी सञ्चालन गर्नुभएको छ ।

Advertisement

भरतनाथ योगी पेसाले स्वास्थ्यकर्मी हुनुहुन्छ । तर सुन्तला खेती उहाँको प्राथमिकता हो । कोटमौला गाउँमा २०३८ सालमा रहरले दुई–चार बोट लगाएका योगीले हाल ४४ रोपनीमा व्यवसायिक सुन्तला खेती गर्नुभएको छ ।

सुन्तला किसान भरतनाथ योगी सल्यानका बागचौर, छत्रेश्वरी, शारदा, सिद्धकुमाख, कपुरकोट लगायतका स्थान सुन्तलाका पकेट रहेको बताउनु हुन्छ । उहाँका अनुसार जिल्लामा झण्डै एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । सुन्तला खेतिलाई प्रवद्धृन गर्न कृषि विकास कार्यालय सल्यानले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

Advertisement

कृषि बिकास कार्यालय सल्यान प्रमुख महेश आचार्य सल्यानका अधिकांश स्थान सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ ।, याे समाचार गाेरखापत्र दैनिकमा प्रतीक इच्छुक शर्माले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top