एकैदिन ७४ अर्ब डलरको व्यापार गर्दै अलिबाबाले बनायो विश्वरेकर्ड

२७ कात्तिक, काठमाडौं । चीनको इ कमर्स कम्पनी अलिबाबाले एकैदिन ७४ अर्ब डलर अर्थात नेपाली ८८ खर्ब रुपैयाँको व्यापार गरेको छ ।

नोभेम्बर ११ अर्थात सिंगल ’डे’ को अवसरमा हिजो अलिबाबाले ४ सय ९८ दशमलव २ बिलियन यूआन अर्थात् ७४ अर्ब डलरको व्यापार गरेको हो । जुन नेपालको कुल गार्हस्थ उत्पादन जीडीपीको दुई गुणाभन्दा धेरै हो ।

अलिबाबाले एकैदिन गरेको ७४ अर्ब डलरको व्यापार अहिलेसम्म कुनै पनि कम्पनीले एकै दिन गरेको व्यापारमध्ये सबैभन्दा धेरै रहेको निकेइ एसियाले जनाएको छ । नोभेम्बर ११ लाई अलिबाबाले सिङ्गल ’डे’ को रुपमा व्यापार गर्दै आएको छ ।

Advertisement

अलिबाबाले गरेको यो व्यापार पश्चिमा देशमा हुँदै आएको ब्ल्याक फ्राइडे र साइबर मन्डे दुवै जोड्दा पनि धेरै हुन आउँछ । अलिबाबाले सिङ्गल ’डे’ मा अमेरिकामा मात्रै ५ अर्ब डलरको व्यापार गरेको छ । अलिबाबाबाट सामान किन्नको लागि बुधबार बेलुका हरेक सेकेन्डमा ५ लाखभन्दा धेरै अर्डर प्राप्त भएका थिए ।

अलिबाबाले गएको वर्षको सिङ्गल ’डे’ भन्दा यो वर्षको सिङ्गल ’डे’ मा २६ प्रतिशत धेरैको व्यापार गरेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top