एकै ठाउँमा ६ पटक भत्कियो सडक, यातायात सेवा ठप्प

१२ असोज ७८, बुधबार

१३ असोज, जाजरकोट ।

जाजरकोट–डोल्पा सडक खण्डको सदरमुकाम खलंगामा एक सातादेखि सडक अवरुद्ध भएको छ । वर्षायाम सुरु भएसँगै वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडकका कारण यात्रुले हैरानी खेप्नु परेको छ ।

वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्च मात्र हुँदै आएको छ । थाप्ले, ठाँटीलगायतका ठाउँको ढल भरिएर सोही ठाउँमा जम्मा हुँदा सडक भत्कने गरेको छ ।

Advertisement

‘माथि ठूल्ठूला भवन छन्, तल सडक भत्कँदैछ,’ स्थानीय रेशम खड्काले भने, ‘एक साता भइसक्दा पनि किन सडक मर्मततर्फ ध्यान दिइएको छैन ? बुझ्न सकेको छैन । सडक नबनेकै कारण खाद्यान्नलगायत अन्य सामग्रीको संकट पर्दै गएको छ ।’

पूर्वी जाजरकोट, डोल्पा र रुकुम पश्चिममा यातायातका साधन वैकल्पिक रूपमा चलाउन प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाको सहजीकरणमा एकीकृत समाजवादीका उपाध्यक्ष कमान खड्का र सडक विभाग चौरजहारीले सडक मर्मतपछि पासागाड–कालेगाउँ सडक सञ्चालन गरिएको छ ।

Advertisement

भौतिक पूर्वाधार विकास कार्यालय, सडक डिभिजनको सहयोगमा भेरी नगरपालिकाले सो सडक निर्माण गर्ने भनिए पनि अहिलेसम्म सुरु गरिएको छैन ।जसकारण जाजरकोट डोल्पा, रुकुम पश्चिम जाने यात्रुमात्र नभई, सदरमुकामबाट सामग्री ढुवानीमा समेत गाह्रो हुँदै आएको छ ।

सदरमुकाममै साता दिनदेखि सडक अवरुद्ध हुनु र निर्माण ढिलासुस्ती हुँदा सर्वसाधारण मर्कामा परेका छन् । सडक दिगो बनाउन ढल विकास र नाला परिवर्तन गर्नुपर्ने स्थानीयवासी दीपबहादुर घर्तीले बताए । एकै ठाउँमा ६ पटकसम्म सडक भत्किनु नै अचम्म भएको सर्वसाधारण बताउँछन् । अघिल्लो आर्थिक वर्ष मात्र सडक बनाउँदा २५ लाख खर्च भएको थियो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top