एकै दिन ८० जनाले गरे सगरमाथा आरोहण

२८ बैशाख ७८, बुधबार

२९ बैशाख, बैशाख । मंगलबार बहराइनका राजपरिवारसहित एकै दिन करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् ।

पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार मंगलबार बिहान ६ः४० बजे बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोली सगरमाथाको शिखरमा पुग्न सफल भएको हो ।

‘खलिफासहित टोलीका १६ मध्ये १२ सहित अन्य करिब ८० जना सगरमाथाको शिखर पुगेका छन’, आधारशिविरमा रहेकी विभागका निर्देशक आचार्यले टेलिफोन सम्पर्कमा भनिन्, ‘आरोहण टोलीसँग राम्रो टेलिफोन सम्पर्क हुन सकिरहेको छैन त्यसैले यो संख्यामा थपघट हुन सक्छ ।’

Advertisement

स्वदेशी तथा विदेशी आरोहीले मंगलबार बिहान ५ बजेदेखि सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएको उनको भनाइ छ । ‘१३ मेसम्मको मौसम आरोहणका लागि अनुकूल देखिन्छ’,

अधिकृत आचार्यले भनिन्, ‘त्यसबेलासम्म करिब २०० आरोहीले सगरमाथा आरोहण गर्ने अनुमान छ ।’ वसन्त यामको सगरमाथा आरोहण वैशाख २४ गते देखि सुरु भएको थियो ।

कीर्तिमानी आरोही कामीरिता शेर्पाको नेतृत्वमा गएको १२ जना शेर्पा टोलीले शिखर जाने बाटो बनाउँदै चुचुरोमा पुगेपछि आरोहण सुरु भएको विभागले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top