एनआईसी एसिया बैंकले घर किन्न ५० वर्षसम्म कर्जा दिने, ब्याजदर १०.८ प्रतिशत

९ असोज ७५, बुधबार

काठमाडौं,असोज ९
बैंकबाट अब ५० वर्षसम्मका लागि घरकर्जा (होमलोन) पाइन थालेको छ । एनआईसी एशिया बैंकले ५० वर्षसम्म होम लोन दिन थालेको हो । यो हालसम्मको सर्वाधिक लामो होमलोन हो ।

बैंकले चमत्कारी घरकर्जा योजना ल्याएर लामो अवधिसम्म कर्जा दिन थालेको जानकारी दिएको छ । बैंकहरुले अधिकतम २५ वर्षसम्म होमलोन दिदै आएकोमा एनआईसी एशियाले दोब्बर समय बढाएर होमलोन योजना ल्याएको हो । बैंकले १०.८ प्रतिशत ब्याजमा होमलोजन योजना ल्याएको छ । मासिक ब्याजदर ०.९ प्रतिशत हुन्छ । यो सस्तो ब्याजदर हो ।

निम्न र मध्यम आय हुनेलाई घर लक्षित गरी ५० वर्षसम्मका लागि होमलोन योजना ल्याएको एनआईसी एशियाका प्रमुख जनसम्पर्क अधिकृत अर्जुन खनियाले बताए । भाडामा बसिरहेकालाई घर किन्ने अवस्थामा पुर्याउन बैंकले दीर्धकालिन कर्जा योजना ल्याएको उनले जानकारी दिए । कागजात प्रक्रिया पुगेको २ दिनमा कर्जा स्वीकृति हुने र ३ दिनमा घर बनाउन वा किन्नलाई पैसा दिने खनियाले बताए ।

Advertisement

कर्जा लिनेको उमेर, आम्दानीको स्रोत र समय अवधि हेरेर ५० वर्षसम्म होम लोन दिने उनको भनाई छ । आफ्नो आम्दानी अनुसार मासिक किस्ता निर्धारण गर्न सकिने छ । कर्जा भुक्तानी अवधि, आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्वभुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने रहेको बैंकले जनाएको छ ।

यसका लागि ऋणीले पहिलो ४० प्रतिशत बुझाएपछि ६० प्रतिशत बैंकले कर्जा दिने छ । इच्छाअनुसार किस्ता राख्न मिल्ने गरी आफुसंग पैसा भए कर्जा पनि घटाउन मिल्ने उनको भनाई छ । यसअघि एनएमबी बैकले पनि ३५ वर्षसम्मका लागि होमलोन योजना ल्याइसकेको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top