एनएनआईपिए अवार्ड : गौरिका र मन्देकाजी सर्वाेत्कृष्ट खेलाडी

८ फागुन ७७, आइतबार

८ फागुन, काठमाडाैँ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडितर्फ नेपाललाई चार स्वर्ण पदक दिलाएकी गौरिका सिंह तथा करातेमा दुई स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले प्रदान गर्ने अवार्डका सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

भक्तपुरको मध्यपुर ठिमीमा आयोजना भएको कार्यक्रममा एनएनआईपिएले सागमा गरेको प्रर्दशनको आधारमा गौरिका र मन्देकाजीलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो । गौरिका र मन्देले ग्लोबल आइएमई बैंकबाट प्रायोजित समान १ लाख रुपैयाँ प्राप्त गरे ।

Advertisement

यस्तै एनएनआईपिएले तेक्वान्दोकी आयशा शाक्य र फुटबलका सुजल श्रेष्ठलाई एनएनआईपिए स्पोर्टस अवार्ड अन्तर्गत प्रतिभावान खेलाडीको अवार्ड प्रदान गर्दा गल्फका सुवास तामाङ र कुस्तीकी संगिता धामी एनएनआइपिए स्पोर्टस अवार्ड अन्तर्गत उदयीमान खेलाडी चुनिएर पुरस्कार थापे । आयशा र सुजलले युएसए एभरेष्ट तेक्वान्दोले प्रोजना गरेको समान ५० हजार रुपैयाँ प्राप्त गरे । पहिलो पटक समावेश गरिएको विधामा चुनिएका उदीयमान खेलाडी सुवास र संगिताले स्काई फिटबाट प्रायोजित समान ५० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै १५ औं सस्करण अवार्डमा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका समाचार संयोजक रोशन सिंह राउतलाई संघले एनएनआइपिए पत्रकारिता सम्मानबाट पुरस्कृत गरेको छ । राउतले सम्मान पत्रसहित २५ हजार रुपैयाँ प्राप्त गरे । विगतका वर्षहरुमा झै करातेका वरिष्ठ प्रशिक्षक अकबर शाहलाई संघले गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मान गरेको छ । सन् १९९९ मा स्वदेशमा आयोजना भएको आठौं सागका करातेका मुख्य प्रशिक्षक रहेका शाहले पटक पटक राष्ट्रिय कराते टोलीको सम्हालेका थिए । सागमा पहिलो पटक प्रवेश पाएको करातेले शाहको नेतृत्वमा १४ स्वर्ण पदक जित्दै इतिहास राखेको थियो । शाह १९९४ को १२ औं वल्र्ड च्याम्पियनसिप, १९९७ मा मनिलामा भएको करातेको छैंटौ विश्वकप, १९९८ बैंकक एशियन गेम्स, कोरियामा भएको १४ औं र १७ औं एसियाली खेलकुद र हङकङमा १२ औं एपीएसके च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षक थिए ।

अघिल्लो वर्ष नेपालमा सम्पन्न साग खेलमा सहभागिता जनाएका २६ खेलका उत्कृष्ट खेलाडी पनि अवार्ड कार्यक्रममा पुरस्कृत भएका थिए । मध्यपुर थिमीको दुई पोखरीमा आयोजना भएको अवार्डमा २६ खेलका उत्कृष्ट खेलाडी नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top