एन्फा निर्वाचन :आर्थिक चलखेलको गम्भीर आरोप

८ असोज ७५, मंगलबार

अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लो निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका मणि कुँवरले चुनावका बेला ठूलो आर्थिक चलखेल भएको आरोप लगाएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै कुँवरले आर्थिक चलखेलको प्रमाण आफूसँग सुरक्षित रहेको छ र चाहिएको बेला प्रस्तुत गर्न सक्षम रहेको दाबी गरे । उनले यी सबै प्रमाण अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) मा पठाइसकेको बताए ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

‘विश्व फुटबलको सर्वोच्च निकाय भनेकै फिफा र एएफसी हुन् । चुनावका बेला भएका चलखेलको प्रमाण मैले यी दुई संस्थालाई बुझाइसकेको छु । उनीहरूले त्यसलाई सम्बन्धित निकायमा पठाइसकेका छन्,’ कुँवरले भने, ‘मलाई पूरा विश्वास छ, उनीहरूले यसमाथि आवश्यक कारबाही गर्नेछन् ।’ उनले अगस्ट ८ मै यी प्रमाण पठाइएको बताए ।

Advertisement

‘जति पनि प्रमाण छन्, ती सबैको विश्वसनीयतामा म शतप्रतिशत विश्वस्त र जिम्मेवार छु,’ उनले थपे ।

उनका अनुसार वर्तमान एन्फा कार्यसमितिमाथि लगाइएका आरोपमा निर्वाचन कमिटीलाई ज्यानमार्ने धम्की र आर्थिक प्रलोभनमा पारेको, मतदातालाई प्रत्यक्ष रूपमा पैसा बाँड्ने काम गरेको, मतदातालाई प्रभावित गर्ने उद्देश्यमा देशका विभिन्न स्थान तथा भारतसमेत लगरेर ठूलो धनराशि खर्च गरेको, मतदातालाई चुनावलगत्तै युरोप भ्रमण गराएको, न्यायालयलाई समेत आर्थिक लेनदेनबाट प्रभावित पार्ने काम गरेको तथा निर्वाचनका क्रममा मतदाता र अन्य सहयोगीलाई सयौं संख्यामा हवाई टिकट उपलब्ध गराइएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top