एपिएफ क्लब मेयर्स कपको फाइनलमा प्रवेश

२६ चैत ७७, शुक्रबार

२६ चैत, काठमाडौं । अपराजित यात्रालाई लिग चरणको अन्तिम खेलमा निरन्तरता दिँदै विभागीय टोली एपिएफ क्लब राजधानीमा जारी ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई ४० रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । एपीएफले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३५ रन जोडिन । कप्तान नेरी थापाले अविजित २७ रन जोड्दा सरस्वती मगरले अविजित रहदै २१ रन जोडिन । नितु भण्डारीले १७ रन बनाईन । एपीएफकी बिनु बुढा र रेखा रावलले १/१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ४७ रनको योगदान गरिन । कप्तान सिता राना मगरले २८ रन जोड्दा राजमती ऐरीले २३ रन जोडिन् । लुम्बिनीका स्वतिका बजगाई र कृतिका मरासिनीले २÷२ विकेट लिए ।

आजै सम्पन्न दिनको पहिलो खेलमा प्रदेश–१ ले ललितपुर मेयर्स–११ लाई १५ रनले पराजित गर्यो । प्रदेश–१ ले दिएको १ सय २९ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय १३ रन मात्र बनाउँदा १५ रनले पराजित हुन पुगेको हो । ललितपुरका लागि अनुराधा चौधरीले सर्वाधिक २८ रन बनाईन । सुमन खतिवडाले २७ रन जोड्दा अश्मिना कर्माचार्यले १२ रन जोडिन । कप्तान सरस्वती कुमारीले अविजित रहदै १७ रन जोडिन । प्रदेश–१ की रुबिना क्षेत्रीले ३ विकेट लिईन ।

Advertisement

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २० ओभरमा २ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । प्रदेश–१ का लागि रोमा थापाले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेलिन । यस्तै अप्सरी बेगमले अविजित २६ रन जोडिन । कप्तान रुबिना क्षेत्री२१ रन बनाईन । काजल श्रेष्ठ ८ रनमा आउट भईन । ललितपुरकी सन्तोषी चौधरी र सरस्वती कुमारीले १/१ विकेट लिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top