एभरेष्ट स्कुलको रजत जयन्ती यस्तो देखियो(फोटो फिचरसहित)

१० माघ ७५, बिहीबार

विराटनगर, माघ १०
विराटनगर स्थित एभरेष्ट सेकेण्डरी स्कुलले आफ्नो २५ औँ वार्षिक उत्सव (रजत जयन्ती) तथा अभिभावक भेलाको पहिलो दिन आज भव्य रुपमा सम्पन्न गरेको छ । विराटनगर–५ मा रहेको विद्यालयको नयाँ भवन निर्माण स्थलमा वार्षिक उत्सव तथा अभिभावक भेलाको पहिलो दिन भव्य रुपमा सम्पन्न गरेको हो ।

Advertisement

दुई दिनसम्म चल्ने सो भेलाको पहिलो दिन कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुले नृत्य, गायन लगायत विभिन्न मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले एभरेष्ट स्कुलले सबैको मन जितेको बताए ।

Advertisement

उनले अभिभावकले गरेको विश्वास स्कुलले परिपुर्ती गरेको बताए । नेपालमा निजी विद्यालययको महत्व दर्शाउँदै उनले निजी विद्यालयको सिको गरेर सामुदायिक विद्यालयले गुणस्तर सुर्धान लागिरहेको बताए । उनले भने ‘यो विद्यालयले विद्यार्थीहरुको मन जितेको छ, अभिभावकहरुको पनि मन जितेको छ ।’

Advertisement

स्तै एभरेष्ट स्कुलका प्राचार्य टिकाराम पुरीले विद्यालयको वर्तमान अवस्थाबारे जानकारी दिँदै शिक्षालाई सिप र प्रविधिसँग जोड्ने कुरामा आफुहरु अगाडि बढेको बताए । उनले विद्यालयबाट उत्पादित विद्यार्थीले सर्टिफिकेट मात्र हैन सिप पनि सिक्नुपर्ने आवश्यकता औँल्याए । विद्यालय यसअवस्थासम्म आएको स्मरण गर्दै पुरीले अब के गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।

उनले तीन विघा जग्गामा स्कुलले नयाँ प्रोजेक्ट सुरु गरेको जानकारी दिँदै युरोपियन र अमेरिकन सिस्टममा आधारिक अत्याधुनिक सुविद्यासम्पन्न भवन बनाउने बताए । एभरेष्ट स्कुलका अध्यक्ष विनोद ढकालको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

२०५० साल पुसमा स्थापना भएको एभरेष्टले हाल नर्सरी देखि कक्षा १२ सम्म अध्यापन गराउँदै आईरहेको छ । हाल विद्यालयमा २५सय विद्यार्थी अध्ययनरत छन् भने २ सय५० जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् । २ दिनसम्म चल्ने वार्षिक उत्सव तथा अभिभावक भेलाको दोस्रो दिन कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रस्तुती दिने जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top