NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पले स्विट्जरल्यान्ड पुगेर ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने बुधबार माघ ७ , २०८२
उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी बुधबार माघ ७ , २०८२
Předběžný přehled 10 nejdůvěryhodnějších možností zábavy v krypto kasinu शनिबार माघ ३ , २०८२
डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता शुक्रबार माघ २ , २०८२
इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो शुक्रबार माघ २ , २०८२
Next
Prev

समाचार

एमालेका दुई समूहको आज छुट्टाछुट्टै बैठक बस्दै

शुक्रबार चैत्र १३ , २०७७
Reading Time: 1 min read
A A
मुठभेडको अवस्थामा एमाले
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ चैत, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुई समूहले आज छुट्टाछुट्टै बैठक गर्दैछन् ।

झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको छ।

उक्त समूहका एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ।

LS Auto

उता अध्यक्ष ओलीले भने आजै संसदीय दलको बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक डाकिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

’बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा कुराकानी हुन्छ’, भट्टराईले भने।

बालुवाटारमा हुने संसदीय दलको बैठकमा आफूहरू सहभागी नहुने खनाल–नेपाल समूहले बताएको छ।

यसअघि बिहीबार साँझ खनाल–नेपाल समूहका ४ जना नेताहरूले अध्यक्ष ओलीले मागेको स्पष्टिकरणको जवाफ दिएका थिए।

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित स्पष्टीकरण दिएका छन्।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बिहीबार नेता नेपालले पठाएका हुन्।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान र नीतिविपरीत तपाईंले उक्त प्रकार अनाधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रूपमा भएका काम र तपाईं स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईंको व्यक्तिवादको अभिव्यक्ति मात्र भएको भन्दै नेता नेपालले यदि तपाईको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाई नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिने’ स्पष्ट पारेका छन्।

पत्रमा नेता नेपालले केन्द्रीय समिति बैठक विधिवत बोलाएर किन छलफल नगरेको भन्ने प्रश्न ओलीलाई गरेका छन्।

एमाले केन्द्रीय समिति बैठक नबोलाएर सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप लगाएका नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाई राख्ने गलत मनासाय बोकेको बताएका छन्।

पार्टीलाई एकताबद्ध रूपमा राख्न ओलीले बेवास्ता गरेको नेपालको आरोप छ। ‘पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो,’ नेपालले ओलीलाई पत्रमा प्रश्न गरेका छन्।

फागुन २८ गतेको निर्णय बदर गर्न किन चाहानु भएन भन्‍ने प्रश्‍न पनि नेपालले गरेका छन्।

पार्टीको विधान र प्रक्रिया विपरित नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा एमालेको सदस्य नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधान संशोधन गर्नेजस्ता निर्णय गरिएको भनि सार्वजनिक गरेर पार्टी विधानको ठाडो उल्लंघन गर्दै पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम गरेको नेपालको प्रश्‍न छ।

‘गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई एकताबद्ध भएर जाने कार्यमा पार्टी अध्यक्षको हैसियतले पहल गर्नु तपाईको कर्तब्य थियो कि थिएन ?’ स्पष्टीकरणपत्रमा नेपालले ओलीमाथि नै प्रश्न गरेका छन्।

फागनु २८ गते प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना गुटका मानिसहरुको भेला बोलाई त्यसलाई कथित केन्द्रीय कमिटीको विशेष बैठकको संज्ञा दिएको भन्दै नेपालले पार्टीको विधान र प्रक्रिया विपरीत नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा (एमाले) को सदस्य नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्ने जस्ता निर्णय गरिएको भनी सार्वजनिक गरेर पार्टी विधानको ठाडो उल्लंघन गर्दै पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गर्नुभयो ? भन्दै प्रश्न गरेका छन्।

‘यसप्रकार तपाईले गुटगत गतिविधि गरी नेकपा (एमाले) को झण्डा, चुनाव चिन्ह र संगठनको दुरुपयोग गरेको कुरा सार्वजनिक सञ्चार माध्यमबाट जानकारी भएकोले त्यस्तो पार्टी विधान विपरीत गरिएको बैठकका अवैध निर्णयहरुको आधारमा नेकपा (एमाले) बारे कुनै पनि सूचना अद्यावधिक नगरियोस् भनी म समेतले निर्वाचन आयोगमा मिति २०७७।१२।१ मा निवेदन समेत गरेको तपाईलाई जानकारी छ कि छ्रैन ? तपाईले उक्त प्रकारका कार्य गरी नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनद्वारा पारित विधानका प्रावधानहरुको ठाडो उल्लंघन किन गर्नुभयो ?,’ पत्रमा भनिएको छ।’

१५ पेज लामो पत्रमा १३ बुँदा छन्। ९ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले ४ नेतालाई स्पष्टीकरण सोधेका थिए।

लोकप्रीय

ट्रम्पले नेपालसहित २९ देशबाट फिर्ता बोलाए राजदूत

ट्रम्पले स्विट्जरल्यान्ड पुगेर ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

बुधबार माघ ७ , २०८२
उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी

उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी

बुधबार माघ ७ , २०८२

Předběžný přehled 10 nejdůvěryhodnějších možností zábavy v krypto kasinu

शनिबार माघ ३ , २०८२

विचार

थप समाचार

निर्वाचन

उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Předběžný přehled 10 nejdůvěryhodnějších možností zábavy v krypto kasinu

शनिबार माघ ३ , २०८२
डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता
समाचार

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

ट्रम्पले नेपालसहित २९ देशबाट फिर्ता बोलाए राजदूत

ट्रम्पले स्विट्जरल्यान्ड पुगेर ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

बुधबार माघ ७ , २०८२
उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी

उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी

बुधबार माघ ७ , २०८२

Předběžný přehled 10 nejdůvěryhodnějších možností zábavy v krypto kasinu

शनिबार माघ ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.