एमालेका दुई सांसद खनाल–नेपाल समूहमा, मुख्यमन्त्री पोखरेल अप्ठयारोमा

५ चैत ७७, शुक्रबार

६ चैत्र, कपिलवस्तु ।
लुम्बिनी प्रदेशका दुई सांसद खनाल–नेपाल समूहमा लागेका छन् ।

कपिलवस्तु क्षेत्र नं. १ (क) बाट निर्वाचित विष्णु पन्थी र पाल्पाकी समानुपातिक सांसद रमा घर्ती सो समूहमा लागेका हुन् । पन्थी यसअघि पनि खनल–माधव नेपाल पक्षमा थिए ।

यसअघि कतै नखुलेकी पाल्पाकी सांसद रमा घर्तीसमेत खनाल–नेपाल समूहमा लागेसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री शंकर पोखरेल अप्ठयारोमा परेका छन् । पन्थी र घर्ती खनाल–नेपाल समूहको भेलामा सहभागी भएका छन् ।

Advertisement

लुम्बिनीमा सरकारको निरन्तरताका लागि ४४ सांसद आवश्यक छ । प्रदेशसभामा एमालेका ४१ सांसद छन् । पन्थी र घर्ती खनाल–नेपाल समूहमा लागेपछि प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेललाई ३९ सांसदको समर्थन रहेको देखिएको छ ।

बहुमतका ४४ सांसद आवश्यक पर्नेमा अब पोखरेललाई थप ५ सांसदको समर्थन आवश्यक छ । हालसम्म माओवादी केन्द्रले पोखरेललाई दिएको समर्थन फिर्ता लिएको छैन । माआवोदी केन्द्रका दुई जना अहिले पनि पोखरेल नेतृत्वको सरकारमा मन्त्री छन् ।

Advertisement

आन्तारिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुर्दशन बराल पार्टी अलग हुँदा पनि पोखरेल नेतृत्वको सरकारमा रहेर काम गरिरहेका छन् ।

माओवादी केन्द्रले केन्द्रमा सरकार समीकरणका लागि दलहरुबीच सहमति भएपछि प्रदेशमा थप निर्णय लिने बताएको छ । सरकारमा नबस्ने अवस्था आएमा माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्नेछ ।

यस्तोमा पोखरेल नेतृत्वको सरकार संकटमा पर्नेछ । पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ । माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा जनता समाजबादी पार्टीसँग सहकार्य गर्ने गरी एमालेले तयारी गरिरहेको छ ।

प्रदेशसभामा जसपाका छ जना सांसद छन् । जसपामा पनि केन्द्रमा दुई धार देखिएकाले त्यसको प्रभाब लुम्बिनीमा पनि देखिने अनुमान गरिएको छ ।

सत्ता पक्षका सचेतक भुमिश्वर ढकालले केन्द्रमा बन्ने समीकरण अनुसार नै लुम्बिनी प्रदेशको सरकार फेरबदल हुन सक्ने बताए । लुम्बिनीमा बाम गठबन्धनको सरकार बन्ने सम्भावना रहेको उनको भनाइ छ ।

माओवादीका २० प्रदेशसभा सदस्यमध्ये दधिराम न्यौपाने र दिनेश पन्थी ओली समूहमा खुलेका छन् । यद्यपी माओवादीले कारबाही गरेको खण्डमा उनीहरुको सांसद पद जान सक्ने छ ।

सांसद विष्णु पन्थीले भेलामा रमा घर्ती सहभागी भएको जानकारी दिँदै अन्य सांसदहरु पनि आफ्नो समुहमा आउने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top