एमालेको समानान्तर कमिटीमा बस्नेहरु पार्टीको कारबाहीमा पर्न सक्ने

२३ चैत, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्न सक्ने बताएका छन् ।

सोमबारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताएका हुन् । उनले भने ‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरुलाई कारबाहीको प्रक्रिया अघि बढेको छ अब यहि तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्नेहरु समेतलाई कारबाहीको दिशामा पार्टी अगाडी बढ्छ ।’

लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैह्रकानूनी र गैह्रसंवैधानिक तरिकाले चलाउन खोजिएको पनि बताए । समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य नहुने पनि बताए । उनले भने ‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट विधानबाट चल्नुपर्ने पार्टी यदी गैह्रकानूनी तरिकाले, गैह्रसंवैधानिक तरिकाले र अवैधानिक तरिकाले चल्छ भने स्वभाविक छ त्यो पार्टीको कारबाहीको विषय बन्छ । त्यसकारणले समानान्तर कमिटी गठन गर्ने कुरा त कुनैपनि हालतमा पार्टीका लागि स्वीकार्य विषय हुनै सक्दैन ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top