एमाले नेता तथा वाग्मती प्रदेशसभा सदस्य चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

२८ बैशाख ७८, बुधबार

२९ वैशाख, काठमाडौँ । नेकपा (एमाले)का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, वाग्मती प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

त्यसअघि आज बिहानै नेता चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए भने पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । कोरोना भाइरसको सङ्क्रमणबाट नेता चौलागाईंको मङ्गलबार निधन भएको थियो ।

Advertisement

नेकपा (एमाले) पोलिटब्यूरो सदस्य रहेका चौलागाईं दोलखा (ख) बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेता चौलागाईं २०५६ सालको निर्वाचनमा दोलखा–१ बाट निर्वाचित भएका थिए ।

त्यस्तै, २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद निर्वाचित भएका थिए । विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनुभएका चौलागाईं निष्ठावान्, इमान्दार नेता हुनुहुन्थ्यो । उहाँको निधनले दोलखाका साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नु परेको एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष पोखरेलले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top