एमाले महाधिवेशन : उद्घाटन स्थलमा मञ्च निर्माण धमाधम

५ मंसिर ७८, सोमबार

६ मंसिर, चितवन ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ। मंसीर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुन गइरहेको महाधिवेशनको तयारी तीव्र पारिएको छ।

स्थानीय स्तरमा नेकपा एमाले चितवनले महाधिवेशनलाई भव्य बनाउनका लागि मञ्च व्यवस्थापन देखि लिएर अन्य आवश्यक तयारी गरिरहेको छ। एमाले चितवनकी अध्यक्ष पार्वती रावलले स्थानीय स्तरबाट गर्नुपर्ने सम्पूर्ण काम तीव्र गतिमा अघि बढेको जानकारी दिइन्।

Advertisement

‘९ गतेसम्म मञ्चको व्यवस्थापनदेखि अन्य सबै तयारी पुरा गरिसक्छौं,’ उनले भनिन्, ‘त्यसका लागि एमाले चितवन, स्वयंमसेवकदेखि काठमाडौंबाट आएका नेता कार्यकर्ता खटिरहनु भएको छ।’

नेकपा एमालेले नारायणी नदीको किनारमा महाधिवेशनको उद्घाटन गर्दै छ। त्यसका लागि नदी किनारमा भव्य मञ्च निर्माणको काम भइरहेको छ। अध्यक्ष रावलले ९ गतेसम्म मञ्च पूर्ण रुपमा निर्माण गरेर तयार गरिने जानकारी दिइन।

बिहान देखि अबेर साँझसम्म नै मञ्च निर्माणको काममा प्राविधिकहरु खटिएका छन्। नदी किनारमा माटो सम्याउने कामदेखि लिएर अन्य कामहरु भइरहेको छ।सवारीसाधनको व्यवस्थापनका लागि नारायणी पारि र वारि विभिन्न स्थानहरु तयार गरिदैछ।

एमालेले उद्घाटन समारोह नारायणी नदी किनारमा आयोजना गर्ने भए पनि बन्दसत्र भने पर्यटकीय क्षेत्र सौराहमा हुनेछ। त्यसको पनि तयारी धमाधम भइरहेको अध्यक्ष रावलले जानकारी दिइन्।

देशभरबाट सहभागी हुन आउने महाधिवेशन प्रतिनिधिसहितको आवास व्यवस्थापन लगायतको काम भइसकेको छ। करिब ३५ सय मानिसहरुको आवासका लागि होटल बुकिङ गरिसकिएको छ। भने त्यहाँ बन्दसत्रमा छलफलका लागि होटल सेभेन स्टार क्षेत्रमा आवश्यक व्यवस्थापनको काम अघि बढाइएको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top