एमाले विवादः ओलीले स्थायी कमिटी बोलाउँदा नेपाल पक्षद्वारा केन्द्रीय कमिटी बैठक आह्वान

२० जेठ, काठमाडौँ ।

विभाजनको अन्तिम संघारमा रहेको नेकपा एमालेको दुवै पक्षले आज छुट्टाछुट्टै बैठक आह्वान गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउँदा पार्टीमा असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे ओली पक्षको स्थायी कमिटी बैठक बस्नेछ । बैठक पार्टीको आन्तरिक विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको बताइएको छ ।

यसअघि बुधबारको लागि बोलाइएको बैठक नेताहरुको अनौपचारिक परामर्श जारी रहेकै कारण स्थगित गरिएको थियो ।

यस्तै, खनाल नेपाल पक्षले भने पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक भर्चुअल रूपमा बस्नेछ ।

दुवै पक्षको अडानबीच पार्टी विवाद बढ्दै गएपछि एकले अर्कोको निर्णय अस्वीकार गर्दै अगाडि बढिरहेका छन् । हाल पार्टी विभाजनको डिलमा पुगेपछि दोस्रो तहका नेता आपसी विवाद मिलाउन अनौपचारिक रुपमा सक्रिय भएका छन् ।

केहीदिन यता संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र नेपा पक्षबाट सुुरेन्द्र पाण्डे, योगेशकुमार भट्टराई र गोकर्णराज विष्टबीच निरन्तर एकताको गृहकार्य भइरहेको छ

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top