एलपी ग्याँस पनि सहुलियत दरमा उपलब्ध गराइने

२५ भदौ ७६, बुधबार
Share this
754shares

२५ भदौ, काठमाडौं ।

Advertisement

सरकारले एलपी ग्याँस पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले सो ग्याँस छिट्टै सहुलियत दरमा पनि उपलब्ध गराउने तयारी भईरहेको जानकारी गराएका हुन् ।

Advertisement

नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्याँसको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा सो ग्याँस उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको पनि स्पष्ट पारे ।

मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको बताए ।

Advertisement

मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्याँसको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाईरहेको दावी पनि गर्नु भयो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top