एसियन गेम्सको तयारी मिलाईदिन मन्त्रीसँग गुहार

२५ कात्तिक, काठमाडाैँ ।
१९औं एसियन गेम्स अर्को वर्ष चीनको हान्जाउमा हुँदै छ । सहभागिता जनाउने देशले एसियन गेम्सका लागि तयारी थालिसकेका छन् । तर नेपालमा भने अझै हुन सकेको छैन । अभ्यास थालनीको वातावरण मिलाई दिन भन्दै आज विभिन्न संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलाई नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममा आग्रह गरेका छन् ।

नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई विहीबार नेपाल ओलम्पिक कमिटीले सातादोबाटो स्थित कार्यलयमा स्वागत गरेकोे छ । कार्यक्रममा विभिन्न संघका पदाधिकारी, ओलम्पिक कमिटिका पदाधिकारी पनि सहभागि थिए । सहभागिहरुले नजिकिँदै गरेको एसियन गेम्सका लागि तयारी गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । कोरोना महामारीले थिलिएको मध्येको खेलकुद क्षेत्र अझै स्वभाविक तरिकाले अगाडि बढ्न सकेको छ । जसले गर्दा तय भएका विभिन्न खेल तालिका पनि प्रभावित भए । विश्व महाकुम्भ मेला ओलम्पिकलाई पनि केरोनाले प्रभावित ग¥यो र एक वर्ष धेकिलिन पुगेको थियो । खेलाडीको तयारी पनि अन्योल परे । अब नजिकिँदै गरेको क्यालेन्डरमा एसियन गेम्स रहेको छ । हान्जाउमा हुने उक्त खेलका लागि अन्य देशका खेलाडीले तयार थालेका छन् । कोभिडले गर्दा नेपाली खेलाडीको स्तर खस्किएको भन्दै डबल मिहिनेत गर्नु पर्ने भएकाले तयारी अविलम्ब सुरु गर्नु पर्ने दीपक विष्टले बताए ।

विभिन्न संघका पदाधिकारीले राखेको मागलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सबै संघका पदाधिकारीलाई एसियन गेम्सको तयारी थाल्न आग्रह गरे । मन्त्री गहतराजले १०÷८ महिनाको समय तयारीका लागि पर्याप्त समय भएको भन्दै अभ्यास तत्कालै थाल्न विभिन्न संघका पदाधिकारीले स्वागत कार्यक्रममा अग्रह गरेका हुन् ।

Advertisement

यस्तै स्वागत कार्यक्रमको आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले नेपाली खेलाडीले अभ्यास गर्ने उचित वातावरण पाएको खण्डमा राम्रो नतिजा ल्याउनेमा आफू आशावादी रहेको बताए । नयाँ ऐन र परिवेशलाई समन्वय गदै बजेट बिनियोजन खेलाडीको पक्षमा भएको अवस्थामा नेपाली खेलकुदको विकास हुने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

एसियन गेम्सका लागि अन्य देशले सहभागि हुन अभ्यास थाल्दा नेपालमा भने सहभागिताको औचित्यमा बल्ल छलफल हुँदै छ । गतिशील हुनेु पर्ने खेलकुद क्षेत्र खेलको मर्म अनुसार अगाडि बढ्न नसक्दा नतिजा भगवान भरोसामा मात्र सिमित हुने गरेको छ । पदक आशा गरिए अनुसार लगानीका लागि पनि जिम्मेवार निकालयले समयमै ध्यान दिनु पर्ने हुन्छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top