ए डिभिजन लिगः अन्तिम चरणका खेल सुरु, आज तीन खेल हुँदै

१ फागुन, काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबारदेखि अन्तिम चरणका खेलहरु सुरु हुँदैछन् ।

एन्फा कम्प्लेक्स मैदानमा बिहीबार तीन वटा खेल हुँदैछन् । तीन खेलमध्ये दोस्रो खेलले ’बी’ डिभिजनमा झर्ने दोस्रो टिमको टुङ्गो लाग्नेछ ।

अहिले विभागीय क्लब एपीएफ र ब्रिगेड ब्वाइज प्रतिस्पर्धा गर्दैछन् । १२ औँ चरणको खेल सकिँदा ब्रिगेड ब्वाइज र एपीएफ समान आठ–आठ अङ्कका साथ पुछारबाट क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।

Advertisement

यो खेलमा जित हात पार्ने टोली रेलिगेशनबाट बच्नेछ । यदि खेल बराबरी भएमा ब्रिगेड ब्वाइज रेलिगेशनमा पर्नेछ । गोल अन्तरका आधारमा एपीएफ अघि छ ।

एपीएफले १४ गोल गर्दै २० गोल खाँदा उसको गोल अन्तर –६ रहेको छ । ब्रिगेड ब्वाइजले भने चार गोल गरेर १४ गोल खाएको छ । रेलिगेशनबाट बच्न ब्रिगेड ब्वाइजलाई तीन अङ्क अनिवार्य छ । यसअघि सरस्वती युथ क्लब रेलिगेशनमा परिसकेको छ ।

Advertisement

बिहीबार सरस्वतीले शीर्ष डिभिजनको अन्तिम खेल खेल्दैछ । दिउँसो साढे ३ बजे एन्फा कम्प्लेक्स मैदानमा सरस्वती र सङ्कटा क्लब प्रतिस्पर्धा गर्दैछन् ।

संकटा १५ अङ्क बनाउँदै नवौँ स्थानमा छ । आजको जितले सङ्कटाको ’सुपर सिक्स’ को स्थान सुरक्षित बनाउनेछ । तर त्यसअघि नेपाल पुलिस क्लबले खेल्दैछ । विभागीय टोली पुलिसले बिहान सवा आठ बजेपछि हुने खेलमा फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेलमा जित हात पारेको खण्डमा नेपाल पुलिस क्लबले छैटौँ स्थान हासिल गर्नेछ । पुलिसको १७ अङ्क छ । फ्रेण्ड्सको भने १४ अङ्क छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top