ओमानबाट १६५ नेपाली स्वदेश फर्किए

२६ भदौ ७७, शनिबार

२७ भदौ, दोहा ।
ओमानमा कोभिड–१९ को महामारीको कारण सिर्जित विषम परिस्थितिले गर्दा नेपाल फर्कन दूतावासमा नाम टिपाएका मध्येबाट आज पाँचौ उडान मार्फत ३९ महिला र १२६ पुरूष सहित १६५ नेपाली स्वदेश फर्किएका छन् । योसंगै ओमानबाट फर्किनेको सङ्ख्या ८३० पुगेको छ ।

साथै, मानव तस्करको फन्दामा परी पर्यटक भिसामा गैरकानूनी बाटो हुँदै वैदेशिक रोजगारीको लागि ओमान पुगेर घरेलु कामदारको रूपमा काम गर्ने क्रममा अलपत्र परेकी ताप्लेजुङकी अरुणा मादेन र स्याङ्जाकी गज कुमारी श्रेष्ठलाई समेत कूटनीतिक पहलमा आवश्यक प्रक्रिया पुरा गरी आजकै उद्धार उडान मार्फत नेपाल फर्काईएको ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले जानकारी दिइन् ।

त्यसैगरी यस उडानमा विभिन्न कम्पनीमा कार्यरत एवम् घरेलु कामदारको रूपमा कार्यरत करिब ६० जना नेपालीहरूलाई आवश्यक समन्वय तथा पहल गरी घर फिर्ता पठाइएको दूतावासले जनाएको छ । आजकै उडानबाट नेपाल जानेमध्ये झापाको बाह्रदशी गापा–६ की नेत्र कुमारी राउतलाई स्वदेश पठाइएको छ ।

राउत वैदेशिक रोजगारीको सिलसिलामा घरेलु कामदारको रूपमा केही वर्ष अघि ओमान आएकी र २०७० साल देखी सम्पर्क विहीन भएको भन्दै उनको छोरा नवराज राउतले आफ्नी आमालाई नेपाल फर्काउन परराष्ट्र मन्त्रालयमार्फत निवेदन दिए अनुसार तथ्य प्रमाण एवं कूटनीतिक माध्यमबाट उनलाई सम्पर्कमा ल्याईएको र स्वास्थ्य अवस्था पनि नाजुक रहेको हुँदा घरसम्मै लैजाने व्यवस्थाका लागि दूतावासले सहजीकरण गरेको जनाएको छ ।

बिदाईका लागि विमानस्थल पुगेकी राजदूत सर्मिला पराजुली ढकालले सम्पूर्ण नेपालीहरुलाई स्वदेश फिर्तीको लागि सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गरेकी थिइन् ।

यात्रामा सहभागी सम्पूर्ण नेपालीहरुले दूतावासको सक्रियतामा चार्टर उडानमार्फत् सुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा राजदूत तथा समस्त दूतावासको कार्यको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top