ओली जेठ २ मा फर्किन सहमत

३१ बैशाख ७८, शनिबार

१ जेष्ठ, काठमाडौँ ।
एमाले नेता माधवकुमार नेपाल पक्षसंगको सहमतीअनुरुप पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ २ अघिको अवस्थामा फर्किन सहमत भएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको एमालेका दुईपक्षीय नेताहरूको बैठकमा पार्टीलाई जेठ २ अघिको अवस्थामा फर्काउने र बाँकी सहमतिका लागि कार्यदल बनाएर छलफल गर्ने निर्णय भएको सचिव गोकर्ण विष्टले जानकारी दिए ।

सर्वोच्चले गत फागुन २३ गते एकीकृत नेकपाको अस्तित्व अस्वीकार गरेपछि नेपाल पक्षधर नेताहरूले पार्टीलाई एकतापूर्वको अवस्थामा ब्युँताउनुपर्ने बताउँदै आएका थिए ।

Advertisement

एमालेका पुरानो कमिटीको तल्लो तहसम्म नेपालपक्षीय नेताहरूको वर्चस्व रहेकाले पनि उनीहरूले पूर्ववत् पार्टी कमिटी ब्युँताउनुपर्ने माग गर्दै आएका हुन् तर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी धेरै अघि बढिसकेकाले त्यो सम्भव नहुने बताउँदै आएका थिए ।

अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफलमा जेठ २ आसपासबाट पार्टीलाई अघि बढाउने सहमति भएपछि नेपाल पक्षका सांसदले दिने भनेको राजीनामा रोकिएको थियो ।

Advertisement

त्यही विषयमा थप छलफल गर्न दोस्रो पुस्ताका नेताहरूसमेतको बैठक सिंहदरबारमा करिब चार घण्टा बसेको थियो । बैठक सकारात्मक रूपमा अघि बढेको र बाँकी विषयमा शनिबार कार्यदल बनाएर छलफल गर्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

‘कुराकानी सौहार्दपूर्ण तरिकाले सकारात्मक रूपमा अघि बढेको छ,’ नेम्वाङले भने, ‘बाँकी सहमतिका लागि कार्यदलमा छलफल हुन्छ ।’

छलफलमा ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, विष्णु रिमाल र रामबहादुर थापा सहभागी थिए भने नेपाल समूहबाट नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तको सहभागिता थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top