ओली, प्रचण्ड र नेपाल शक्ति सञ्चय गर्न गुटगत भेलाको तयारीमा

११ मंसिर ७७, शुक्रबार

काठमाडाैँ: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नो शक्ति सञ्चयका लागि आन्तरिक भेला र प्रशिक्षण तयारीमा जुटेका छन् । नेपाल समूहले पूर्वएमाले र केही पूर्वमाओवादीलाई समेटेर भेला आयोजना गर्ने तयारी गरेको छ । दाहाल पूर्वमाओवादीलाई मिलाउने प्रयासमा छन् । ओली समूहले भने दुई चरण आन्तरिक भेला गर्ने तयारी गरेको छ ।

नेपाल समूहले धेरै अघिदेखि आन्तरिक भेलाको तयारी गरको भए पनि केन्द्रीय कमिटी बैठक नजिक आएकाले त्यसलाई रोकेको छ । तर केन्द्रीय सदस्यहरूसँग समन्वय तथा छलफल भने भइरहेको स्रोतले जनाएको छ । ‘आन्तरिक रूपमा कुराकानी भइरहेको छ । पार्टीका बैठकहरू नियमित नहुँदा समस्या आउने र जनप्रतिनिधिहरूबीच पनि समन्वय अभाव हुने भएकाले छलफल र भेटघाट सामान्यजस्तै बनेको छ,’ नेपाल समूहका एक नेताले भने । कतिपय नेताहरूले दुई दिनअघि वरिष्ठ नेता नेपाल पर्सा पुग्नुलाई पनि गुटगत भेलाको तयारीका रूपमा अथ्र्याएका छन् । नेता नेपालले आफ्ना कुरा र विषय सुनुवाइ नभए देशव्यापी रूपमा कार्यकर्तामाझ जाने बताउँदै आएका छन् । सचिवालय बैठक वा अन्य सन्दर्भमा पनि नेपालले पार्टी विधिपद्धतिअनुसार सञ्चालन नभएको, आफ्नो समूहलाई पेलेको जस्ता मुद्दा लिएर कार्यकर्तामाझ जाने बताउँदै आएका छन् ।

६ दिनअघि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगर कमिटीमा गरेको सम्बोधनलाई ओली समूहले गुट भेला आयोजना गरेको भनी आरोप लगाएको छ । त्यहाँ ओली पक्षका केही कार्यकर्ताले पाण्डेमाथि दुव्र्यवहारसमेत गरेका थिए । त्यस्तै पोखरा पुगेका पाण्डेमाथि त्यहाँ आफूनिकट कार्यकर्तासँग मात्र भेटघाट गरेको आरोप लगाइएको छ । केही दिनअघि पार्टी उपाध्यक्ष वामदेव गौतम दाङ पुगेका थिए । निजी तथा पारिवारिक काममा दाङ गएका गौतममाथि ओली समूहले गुट भेला गरेको आरोप लगाएको छ ।,यो समाचार आजको नागरिक  दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top