ओली–प्रचण्ड विवाद: लेनदेनमा समाधान खोजिँदै

१८ असार, काठमाडौं।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छोड्न माग गरेपछि प्रमले राजीनामा गर्लान् कि नगर्लान् भन्ने अहिले चासोको विषय बनेको छ ।

बुधबार बसेको जारी स्थायी कमिटी बैठकमा पाँच जना नेताले आ–आफ्नो धारणा राखेसँगै बैठक स्थगित भएको थियो । नेकपाभित्र विशेष गरी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लेनदेनमा कुरा मिल्न नसक्दा यसपटकको स्थायी कमिटी बैठकमा अचानक प्रधानमन्त्रीको राजीनामाको विषयले प्रवेश पायो ।

Advertisement

राजीनामा दिनुपर्ने पक्षमा स्थायी कमिटीका सदस्यहरुबीच जनमत बढेपछि प्रधानमन्त्री ओलीले बैठकमा फेस गर्ने भन्दा पनि अन्य विकल्पबाट समस्याको समाधान खोजी शुरु गर्नुभएको छ ।

बुधवार बिहान मात्र आफू निकटका स्थायी कमिटीका सदस्य र मन्त्रीसँग समस्या समाधानको विकल्पका बारेमा सुझाव दिनुभएको थियो । दुवै पद छोड्न दबाब दिए पनि अहिले प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक रोज्न ओलीलाई आग्रह गरिरहेका छन् ।

Advertisement

पार्टी एकता भएको दुई वर्ष बितिसक्दा प्रचण्ड अधिकारविहीन अध्यक्षका रुपमा रहनुभएको छ । पार्टी एकता हुँदा आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने पूर्वसहमतिप्रति ओलीले बेवास्ता गरेपछि प्रचण्डले पाँच वर्ष नै सरकारको नेतृत्व ओलीलाई दिन राजी हुँदै कार्यकारी अध्यक्षको सम्पूर्ण अधिकार खोज्नुभएको थियो । तर पार्टी अध्यक्ष ओलीले प्रचण्डलाई अधिकार नदिएपछि स्थायी कमिटी बैठकमा प्रचण्डले ओलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा माग्नुभएको थियो ।, याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top