ओली र देउवाबीच गोप्य भेटवार्ता भएको खुलासा

काठमाडाैं : नेकपाभित्र विवाद बढिरहेकै बेला प्रधामन्त्री केपी शर्मा ओलीले गरेको एउटा भेटघाटले तरंग ल्याएको छ । ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ ।

नेकपाभित्र शक्ति संघर्ष सतहमा आइरहेको बेला ओलीले देउवासँग तीन दिनअघि बालुवाटारमा भेटवार्ता गरेको र सो भेटवार्ताबारे विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । देउवा र ओलीबीच असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा गोप्य छलफल भएको थियो ।

काँग्रेस उपसभापति बिमलेन्द्र निधिको दावी अनुसार त्यसदिनको भेटघाट संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको विषयलाई लिएर मात्रै भएको थियो ।

यसबारे पार्टीभित्र पनि आशंका बढेर सोधखोज गर्दा यो विषयमा मात्र कुरा भएको देउवाले जानकारी गराएको निधिको भनाइ छ । ओली र देउवाबीचको भेटघाटले नेकपामा ओलीइतर खेमालाई त आशंकित बनाएकै छ, काँग्रेसभित्र पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह सशंकित छ । ,यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top