ओस्कर अवार्डमा साउथ कोरियाको फिल्म ‘प्यारासाइट’ उत्कृष्ट घोषित

२६ माघ ७६, सोमबार

एजेन्सी, माघ २७
साउथ कोरियाको फिल्म ‘प्यारासाइट’ ओस्कार अवार्डमा उत्कृष्ट फिल्म घोषित भएको छ । अमेरिकाको लस एन्जेलिस शहरको डल्बी थिएटरमा भएको संसारको सबैभन्दा प्रतिष्ठित फिल्म अवार्ड ९२ औं ओस्कार अवार्डमा ‘प्यारासाइट’ उत्कृष्ट फिल्म घोषित भएको हो ।

फिल्मले बेस्ट फिल्मसँगै बेस्ट ओरिजिनल स्क्रिनप्ले विधामा समेत अवार्ड पाएको छ । निर्देशक बोङ जोन हो निर्देशित फिल्म ‘प्यारासाइट’ दुई परिवारको कहानीमा आधारित भएर बनेको हो । यो फिल्ममा आर्थिक रुपमा सम्पन्न एक परिवार र एक गरिब परिवारबीच साउथ कोरियाको क्लास स्ट्रग्ल देखाइएको छ । यो फिल्मले अस्कारमा बेस्ट फिल्मसँगै, बेस्ट डाइरेक्टर, बेस्ट ओरिजिनल स्क्रिनप्ले र बेस्ट इन्टरनेशनल फिल्मको अवार्ड पनि जित्न सफल भएको छ ।

Advertisement

त्यस्तै, अस्कार अवार्डमा अभिनेता वकिन फिनिक्सले फिल्म ‘जोकर’ बाट बेस्ट एक्टरको अवार्ड जितेका छन् । वाकिन यो अवार्डका लागि सबैभन्दा प्रवल दावेदार मानिएको थियो । फिल्म ‘जुडी गार्लेन्ड’ मा आफ्नो परफर्मेन्सबाट दर्शकको मन जितेकी अभिनेत्री रीन ग्लेवेगरले बेस्ट एक्ट्रेसको अवार्ड जित्न सफल भएकी छन् ।

त्यस्तै २औं अस्कार अवार्डमा ‘वन्स अपन अ टाइम इन हलिउड’ बाट ब्राड पिट उत्कृष्ट सहायक अभिनेता घोषित भए । सिनेमाटोग्राफर रोजर डिकिन्सले ‘१९१७’ बाट बेस्ट सिनेमाटोग्राफरको अवार्ड जिते । साम मेन्डेसको यो फिल्मले अस्कारमा तीन अवार्ड जितेको छ । बेस्ट सिनेमाटोग्राफीसहित बेस्ट भिजुएल इफेक्ट्स र बेस्ट साउन्ड मिक्सिङमा फिल्मले अवार्ड जितेको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top