कक्षा १२ को परीक्षाः विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर

१४ कात्तिक ७७, शनिबार

काठमाडौँ: चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो ।

कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखमा हुने गरी तय भएको परीक्षा कार्यतालिका सरकारले स्थगन गरेको थियो । स्थगित उक्त परीक्षा आगामी मङ्सिर ९ गतेबाट सञ्चालन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।

 भौतिक दूरी जरुरी
नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी यस पटकको परीक्षामा मर्यादा कायम गराउनुका साथै स्वास्थ्यका दृष्टिकोणले पनि सुरक्षित हुनुपर्ने बताउनुहुन्छ । परीक्षा केन्द्रमा स्वास्थ्यका सबै पूर्वाधार पूरा गरेको हुनुपर्ने उहाँको भनाइ छ ।
परीक्षा केन्द्रमा विद्यार्थीलाई भौतिक दूरी कायम गरेर मात्र परीक्षा लिनुपर्ने माग गरिएको छ । मास्कको अनिवार्य प्रयोग गर्न लगाउनुपर्ने, घरबाटै सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र सेन्टरमा समेत त्यसको प्रबन्ध हुनुपर्ने माग अभिभावकहरूले गरेका छन् । विद्यार्थीलाई राम्रो हावा खेल्ने वातावरण अनुकूल भएको कक्षा कोठामा परीक्षा लिनुपर्ने सुझाव अभिभावकहरूको छ । सङ्क्रमण सर्ने सम्भावना कम हुने भएकोले विद्यार्थीलाई सोही अनुसारको कक्षा कोठाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । यसका लागि अभिभावकले पनि विद्यार्थीलाई परामर्श दिनुपर्ने अध्यक्ष भण्डारी बताउनुहुन्छ ।

Advertisement

एक बेञ्च, एक विद्यार्थी
राजधानीको पद्मोदय माध्यमिक विद्यालयले एक जना विद्यार्थीलाई एक बेञ्चमा राख्ने गरी कक्षा १२ को परीक्षा लिने आन्तरिक तयारी गरेको छ । विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतम विद्यार्थीका बीचमा भौतिक दूरी कायम गराउन एक जना परीक्षार्थीलाई एउटा बेञ्चमा राख्ने गरी परीक्षा लिइने जानकारी दिनुभयो ।

विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य सामग्री उपलब्ध गराउने र स्वास्थ्यका मापदण्डलाई पालना गर्दै परीक्षा लिइने जनाइएको छ । विद्यार्थीका साथै परीक्षामा परिचालन भएका शिक्षक जोखिममा पर्न सक्ने भएकोले त्यसमा समेत विचार पु¥याउनुपर्ने अवस्था रहेको जनाइएको छ । खासगरी विद्यार्थीको उत्तरपुस्तिका सङ्कलन र परीक्षणमा सचेतना अपनाउनुपर्ने अवस्था रहेको सहायक प्रअ गौतमले बताउनुभयो । होम सेन्टर भएकोले परीक्षा सञ्चालनमा केही सहज हुने आशा गरिएको जनाइएको छ ।

Advertisement

यस्तो छ बोर्डको तयारी
राष्ट्रिय परीक्षा बोर्र्डले कक्षा १२ को परीक्षालाई विगतको भन्दा भिन्न तरिकाले सञ्चालन गर्न खोजेको छ । यस पटक विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र्र र होम सेन्टर दिइएको छ । यसबाट विद्यार्थीलाई डेरा लिएर बस्नु नपर्ने, धेरै टाढा जानु नपर्ने र परीक्षार्थीका बीचमा धेरै जमघटसमेत हुनु नपर्ने भएकोले परीक्षालाई स्वास्थ्यको हिसाबले पनि सुरक्षित बनाउन सकिने जनाइएको छ । ४० नम्बरको लिखित परीक्षाका लागि यस पटक विद्यार्थीहरू बढीमा डेढ घण्टा मात्रै परीक्षा हलमा रहनेछन् ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top