कञ्चनपुर घटनामा संयमित हुन आग्रह

धनगढी, भदौ ९
प्रदेश नं ७ को सरकारले कञ्चनपुरमा भएको घटनामा सम्बद्ध सबै पक्षलाई संयमित भई शान्ति सुव्यवस्था कायम राख्न र घटनाको अनुसन्धान कार्यमा सहयोग पु¥याउन आग्रह गरेको छ ।

कञ्चनपुर जिल्ला केही दिनयता अशान्त बनेको परिपे्रक्ष्यमा प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कञ्चनपुरमा उत्पन्न परिस्थितिमा संयमित भई शान्ति सुव्यवस्था एवं अमनचयन कायम राखी थप जनधनको क्षति हुनबाट रोक्न सहयोग पु¥याउन आग्रह गरिएको बताए ।

उक्त घटनामा परी मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको आवश्यक उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था गर्ने निर्णय भएको मन्त्री शाहले जानकारी दिए । सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यासम्बन्धी अनुसन्धानको विषयलाई लिएर शुक्रबार भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

Advertisement

विज्ञप्तिमा उक्त घटनामा मृत्यु भएका सन्नी खुनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति संवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । कञ्चनपुरमा बालिका बलात्कार र हत्याको घटनाको छानबिन तथा अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय छानबिन समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको छ ।

जनै पूर्णिमा प्रदेश नं ७ मा सार्वजनिक बिदा

मन्त्रिपरिषद्को बैठकले प्रदेश नं ७ को महत्वपूर्ण चाड जनै पूर्णिमा तथा रक्षा बन्धनका दिन भोलि भदौ १० गते प्रदेशमा रहेका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको पनि मन्त्रीले शाहले जानकारी दिए ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top