कटहरीका मनकारी युवाले जन्मदिन मनाउने पैसाले शैक्षिक सामग्री बाँडे

१३ फागुन ७७, शुक्रबार

१३ फागुन, विराटनगर ।
जन्म दिन हरेक मानिसका लागि विशेष हुने गर्दछ । जन्मदिन मानिस विशेष अलग अलग तरीकाले मनाउने गरिन्छ । कोही आफूमै केन्द्रित हुँदै मनाउँछन भने कोही फजुलमा लाखौ रुपैया खर्च गरेर पनि जन्म दिन मनाउँछन् । पछिल्लो समय भने युवा पुस्ता नै जन्म दिन मनाउने रकमबाट सामाजिक सेवा गर्न थालेका छन् ।

मोरङको कटहरीका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । सामाजिक संस्था राष्ट्रका लागि एकताका अध्यक्ष संजित साहले आफ्नो जन्मदिनको अवसरमा मंगलबार २ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । ठूलो खर्च गरेर जन्मदिन मनाउने चलन बढ्दै गएको बताउँदै उनले त्यस्तो फजुल खर्च गर्नुभन्दा विद्यार्थीहरुलाई सकेको सहयोग गर्नु उपयुक्त लागेर शैक्षिक सामाग्री सहयोग गरेको बताए ।

Advertisement

कटहरी वडा नं ४ मा रहेको श्री आधारभुत विद्यालय र जामियाँ इस्लाम मियाँ आधारभुत विद्यालयका विद्यार्थीहरुलाई कापी, कलम, चकलेट वितरण गरिएको साहले बताए । साहले ५ सय ४० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका थिए । साथै जामियाँ इस्लाम मियाँ विद्यालयमा ३ थान डस्विन समेत सहयोग गरिएको उनले बताए । यसले फोहोर जथाभावी नफाली डस्टविनमा फाल्नुपर्छ भनेर बानी समेत बस्ने उनको भनाई छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top