१३ फागुन, विराटनगर ।
जन्म दिन हरेक मानिसका लागि विशेष हुने गर्दछ । जन्मदिन मानिस विशेष अलग अलग तरीकाले मनाउने गरिन्छ । कोही आफूमै केन्द्रित हुँदै मनाउँछन भने कोही फजुलमा लाखौ रुपैया खर्च गरेर पनि जन्म दिन मनाउँछन् । पछिल्लो समय भने युवा पुस्ता नै जन्म दिन मनाउने रकमबाट सामाजिक सेवा गर्न थालेका छन् ।
मोरङको कटहरीका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । सामाजिक संस्था राष्ट्रका लागि एकताका अध्यक्ष संजित साहले आफ्नो जन्मदिनको अवसरमा मंगलबार २ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । ठूलो खर्च गरेर जन्मदिन मनाउने चलन बढ्दै गएको बताउँदै उनले त्यस्तो फजुल खर्च गर्नुभन्दा विद्यार्थीहरुलाई सकेको सहयोग गर्नु उपयुक्त लागेर शैक्षिक सामाग्री सहयोग गरेको बताए ।
कटहरी वडा नं ४ मा रहेको श्री आधारभुत विद्यालय र जामियाँ इस्लाम मियाँ आधारभुत विद्यालयका विद्यार्थीहरुलाई कापी, कलम, चकलेट वितरण गरिएको साहले बताए । साहले ५ सय ४० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका थिए । साथै जामियाँ इस्लाम मियाँ विद्यालयमा ३ थान डस्विन समेत सहयोग गरिएको उनले बताए । यसले फोहोर जथाभावी नफाली डस्टविनमा फाल्नुपर्छ भनेर बानी समेत बस्ने उनको भनाई छ ।