कतारबाट दुई उडानमार्फत २ सय ९५ जना नेपाली फर्किए

योगेन्द्र योगी
२१ असार, दोहा ।

कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज पहिलो चरणको नबौँ र दशौँ पटकको उडानमार्फत २ सय ९५ जना नेपाली फर्किएका छन् ।

कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले दिएको जानकारी अनुसार नेपाल एयरलाइन्स एयरलाइन्सको उडानमार्फत् ४ महिला र १ सय ४४ जना पुरूस रहेका छन् ।

Advertisement

त्यसैगररी दोहाबाट काठमाडौँको लागि उडेको अर्को हिमालय एयरलाइन्सको जहाजमा १ सय ४७ जना सबै पुरूष रहेको सचिव भट्टराईले बताए ।

प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडान मार्फत् काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।उनीहरुलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यसअघि १ हजार ४ सय ७७ जना नेपाली स्वदेश फर्किसकेका छन् भने हालसम्म ३४ वटा शव पनि नेपाल पठाइए सकिएको दूतावासले जनाएको छ । यस्तै अर्को उडान जुलाई ७ मा हिमालय एयरलाइन्सले र जुलाई ७ र ९ मा नेपाल एयरलाइनले उडान गर्ने दूतावासले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top