कतारबाट १५८ जना नेपाली लिएर उड्यो हिमालय एयरलाइन्स

योगेन्द्र योगी
११ असार, दोहा ।
कोरोना भाइरसले पारेको असहज परिस्थितिको कारण स्वदेश फर्किन नपाएका तथा कतारस्थित नेपाली दूतावासमा घर फर्किन पाऊँ भन्दै फारम भरेका प्रथामिकताको आधारमा परेका १५८ जना नेपाली लिएर हिमालय एयरलाइन्स हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँका लागि उडेको छ ।

तेस्रो चरणमा हिमालय एयरलाइन्सको उडान नस् एच ९५६३२ बाट १४६ जना पुरुष ,१० जना महिला २ जना बच्चा सहित १ सय ५८ जना नेपालीहरू स्वदेश फर्किएका छन् । स्वदेश फर्कन लागेका नेपालीहरुलाई बिदाई गर्न एनआरएनए प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

Advertisement

अब अर्को उडान २७ जुन अर्थात् असार १३ गते नेपाल एयरलाइन्स मार्फत हुने छ । उक्त उडानका लागि समस्यामा परेका १७४ जना नेपालीको सूची दूतावासले सार्वजनिक गरिसकेको छ ।

उक्त उडान अनुमति र यो सूचीमा परेका व्यक्तिहरु कतारको सम्बन्धित निकायबाट क्लियरेन्स प्राप्त गर्नका लागि आवश्यक पत्राचार भैसकेको र सो अनुमित प्राप्त भएपछि मात्र उडान गर्न सकिने दूतावासले जनाएको छ ।

Advertisement

यस अघि आममाफी पाएका ४३ जना, २० वटा शव, नेपाल एयरलाइन्स मार्फत एक सय ४९ जना र हिमालय एयरलाइन्स मार्फद १४५ जना स्वदेश फर्किसकेका छन् । दूतावासले अर्को उडानको सूची सार्वजनिक गरे पनि मिती भने तोकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top