करणीको आरोपमा बृद्ध पक्राउ

३ पुस ७५, बुधबार

उदयपुर, पुस ४
जबरजस्ती करणीको आरोपमा प्रहरीले मंगलवार उदयपुरबाट १ बृद्धलाई पक्राउ गरेको छ ।

२० बर्षीय युवतीलाई करणी गरेको आरोपमा त्रियुगा नगरपालिका–७ गुण्टे बस्ने बर्ष ७० को भतुरमान भन्ने भट्टु दनुवारलाई पक्राउ गरिएको हो ।

दनुवारले शारीरिक रुपमा असक्त रहेकी युवतीलाई घर नजिकै रहेको खोल्सामा लगेर करणी गरेको भनि पिडितको आमाले दिएको जाहेरीको आधारमा पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका दनुवारलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top