कर्णालीका दुई मन्त्रीले दिए राजीनामा, नयाँ मन्त्री नियुक्तिको तयारी

२९ बैशाख, काठमाडौं । कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन् ।

आन्तरिक सहमतिअनुसार बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकमा उनीहरुले राजीनामा दिएको स्रोतले बतायो ।

Advertisement

उनीहरु दुबै जना माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

रिक्त भएको पदमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई जनाको नाम सिफारिस गरेका छन् ।

Advertisement

सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्रीको जिम्मेवारी दिइने तयारी भएको स्रोतले बतायो । उनीहरुको आजै सपथ कार्यक्रम रहेको छ ।

उनीहरु दुवै जना माओवादी केन्द्रका हुन्। रूकुमका शर्मा नेता जनार्दन शर्माका भाइ हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top