कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, भोलि शपथ ग्रहणको तयारी

Share this
685shares

२९ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधवार तीन नयाँ मन्त्री थप गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

Advertisement

मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयमा गोपाल शर्मा, आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा सीताकुमारी नेपालीलाई नियुक्त गरेका हुन्।

कर्णालीमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको युवा तथा खेलकुद महाशाखालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभेर आन्तरिक मामिला तथा कानुन मन्त्रालय बनाइएको हो ।

Advertisement

भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बनाइएको हो ।

बुधवार मात्रै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले राजीनामा दिएपछि नयाँ नियुक्ति गरिएको हो ।

Advertisement

मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने आफैलाई राखेका छन् । मुख्यमन्त्री सचिवालयले नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम बिहीवार (भोलि) बिहान ११ बजे तय भएको जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top