कर्णाली प्रदेशका पदाधिकारी र प्रम ओलीबीच भेट, दुई अध्यक्षको निष्कर्ष मान्न आग्रह

१ कात्तिक, काठमाडौं।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिएका छन् । कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि बोलाएका पदाधिकारीहरुसँग शनिबार भएकाे भेटमा प्रधानमन्त्री ओलीले साे निर्देशन दिएका हुन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बैठकमा अनुपस्थित थिए ।

तीन दिन अघि काठमाडौं आइपुगेका पदाधिकारीहरुसँग व्यस्तताकाबीच प्रधानमन्त्री ओलीले आज शनिबार छलफल गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । “प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ देखि अध्यक्षसँग पदाधिकारीहरुको छलफल भएको हो” थापाले भने ।

Advertisement

‘तपाईँहरुले हामी दुई अध्यक्षले निकाल्ने निष्कर्ष मान्नुहोस् । अब चाँडै हामी बसेर त्यहाँको विवाद मिलाउँछौं’, प्रधानमन्त्री ओलीलाई उदृत गर्दै सहभागी एक नेताले भने । ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने बताएका थिए ।

संयुक्त बैठकमा आफू सहभागी नहुने खबर अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई पठाएका थिए। यसअघि कर्णालीका पदाधिकारीहरुसँग छुट्टाछुट्टै छलफल अध्यक्ष प्रचण्डले गरिसकेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पार्टीकै सांसदहरुले दर्ता गर्नुभएपछि दुई पक्षबीच विवाद चर्केको थियो । सोही विवाद समाधान गर्न अध्यक्षद्वयले कर्णालीका पदाधिकारीहरुलाई छलफलका लागि काठमाडौं बोलाउनुभएको थियो । कर्णाली प्रदेशमा नेकपा सांसदहरु दुई खेमामा विभाजित छन् ।

Advertisement

सांसद यमलाल कँडेलले प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएको बताए। पार्टीले गर्ने निर्णय सबैलाई मान्य हुने तर त्यो भन्दा अघि आफूहरुले धारणा राख्ने काम भइरहेको उनले जानकारी दिए । धारणा राख्नेक्रम नसकिएको पनि उनले बताए। प्रधानमन्त्री ओलीले पनि पार्टीले गर्ने निर्णय सबैले मान्नुपर्ने आग्रह गरेकाे उनले बताए ।

यसैबीच असोज मसान्त भित्र पार्टीको सांगठनिक एकता प्रक्रिया टुङ्गो लगाउने समयसीमा घर्केको छ । सचिवालय बैठकले दुई अध्यक्षलाई जिम्मेवारी दिएपछि अन्तरपार्टी निर्देशिकामा असोज मसान्तभित्र एकता प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने प्रतिवद्धता दुई अध्यक्षले गरेका थिए। गत भदौ २९ गते पार्टीका केन्द्रीय सदस्यहरुलाई अन्तर पार्टी निर्देशन जारी गर्दै सो प्रतिवद्धता गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top