कर्णाली प्रदेश सरकारले भत्ताको व्यवस्था नगर्ने

१५ असार ७५, शनिबार

सुर्खेत, असार १६

कर्णाली प्रदेश सरकारले आफूले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको छ । आज बिहान सुर्खेतमा भएको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिर्इन् ।

बैठकले गैरसरकारी संस्थाद्वारा आयोजित कुनै पनि कार्यक्रममा मन्त्रिपरिषद्का सदस्यहरु सहभागी भएबापत प्राप्त हुने भत्ता नलिने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता केसीले जानकारी दिर्इन्।

Advertisement

त्यस्तै बैठकले कर्णाली प्रदेशका हरेक मन्त्रालयले आफ्नो मन्त्रालयको खर्चको विवरण प्रत्येक महिना समाप्त भएको तीन दिनभित्र वेबसाइडमा सार्वजनिक गर्ने, कर्णालीका मन्त्रीहरु जिल्ला भ्रमण तथा अन्य आवश्यक काममा भ्रमण गर्दा औचित्यताका आधारमा मुख्यमन्त्रीद्वारा भ्रमण स्वीकृत गराएरमात्रै भ्रमण गर्ने निर्णय गरेको मन्त्री केसीले बतार्इन् ।

त्यस्तै सरकारद्वारा आयोजित कुनै पनि कार्यक्रमका लागि सम्भव भएसम्म सरकारी हलको प्रयोग गर्ने, सरकारी खर्चलाई पारदर्शी तथा मितव्ययी बनाउन खर्च मापदण्ड निर्देशिका कडाइपूर्वक लागू गर्ने गरिएको केसीले बतार्इन्।

Advertisement

बैठकले अन्तर्राष्ट्रिय धावक जुम्लाका हरि रोकायको उपचारमा सहयोग तथा सम्मानस्वरुप रु एक लाख सहयोग उपलब्ध गराउने, बैठकले उच्चस्तरीय कर्णाली प्रदेश बाढी पहिरो समस्या समाधान समिति गठन आदेश, २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता केसीले बतार्इन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top