कर्मचारीमा कोरोना संक्रमण देखिएपछि लोकसेवाका परीक्षा प्रभावित हुन सक्ने

३० असोज, काठमाडौँ । लोकसेवा आयोगले आगामी मंसिर र पुसमा लिने भनिएको परीक्षा प्रभावित हुन सक्ने देखिएको छ । कर्मचारीहरूलाई कोरोना संक्रमण देखिएपछि आयोगका तीन महत्वपूर्ण शाखा बन्द गराइएका छन् ।

ती शाखाका कर्मचारी दसैंअघि काममा फर्किन सक्ने सम्भावना नरहेकाले परीक्षा प्रभावित हुन सक्ने आयोगस्रोतले जनायो ।

विज्ञापन प्रकाशन, प्राविधिक र अप्राविधिकतर्फको लिखित नतिजा प्रकाशन शाखाहरू बन्द गरिएको छ । अब हुने भनिएका परीक्षा प्रभावित भए हालै आयोगले निकालेको विज्ञापन पनि प्रभावित भई परीक्षा तालिका पछाडि धकेलिनेछ ।

Advertisement

सहकर्मीलाई संक्रमण देखिएपछि शुक्रबारसम्म केन्द्रिय कार्यालयका करिब २० जनाभन्दा बढी कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । सामान्य प्रशासन मन्त्रालयबाट रिक्त दरबन्दीबारे पत्राचारमा खटिने कर्मचारीलाई सुरुमा संक्रमण देखिएको थियो । अहिले चार जनामा संक्रमण देखिएको आयोगस्रोतले बतायो । आयोगले केही दिनमै उपसचिवको नतिजा निकाल्ने तयारी गरेकोमा त्यो पनि पछाडि सर्ने भएको छ ।

लोकसेवा आयोगले गत चैतमा लकडाउनपछि रोकिएका परीक्षा फेरि सुरु गर्ने तयारी गरेको थियो । लोकसेवाले गत १९ र २२ गते सूचना निकालेर प्राविधिक अधिकृतको परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

Advertisement

त्यसै गरी आयोगले नासु र खरिदारको परीक्षा तालिका पनि प्रकाशित गरेको थियो ।

त्यही परीक्षालाई दृष्टिगत गरी लोकसेवाले संक्रमितहरू परीक्षामा सहभागी हुन नपाउने भनी मापदण्ड सार्वजनिक गरेको थियो । मापदण्डका कारण संक्रमितप्रति विभेद हुने भनी दर्ता भएको निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले विभेदकारी प्रावधान कार्यान्वयन नगर्न आदेश दियो । त्यो आदेशपछि समेत परीक्षा तालिका प्रभावित हुने स्रोतले बतायो । आगामी सोमबार बस्ने आयोगको नियमित छलफलमा यसबारे निर्णय हुनेछ । ईकान्तिपुरबाट साभार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top