कर विवरण तथा राजस्व भुक्तानी : म्याद थप्न दबाब

२४ बैशाख, काठमाडौं । जारी निषेधाज्ञा र उद्योग÷प्रतिष्ठानमा कार्यरत कर्मचारी बिरामी परेको कारण देखाउँदै निजीक्षेत्रले करको विवरण बुझाउन र कर तिर्ने समयावधि बढाउन सरकारलाई चर्को दबाब दिए पनि यसबारे निर्णय गर्न सरकारले चासो देखाएको छैन ।

निजीक्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्शसहित विभिन्न संस्थाहरूले कोरोना विपद्का कारण कर विवरण र कर बुझाउन नसकिने भन्दै समयावधि बढाउन सरकारसँग गरेका थिए ।

बिहीवार मात्रै सूचना प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एशोसिएशन नेपाल महासंघ ‘क्यान’ ले पनि कर विवरण तथा राजस्व तिर्ने समय थप्न सरकारलाई आग्रह ग¥यो ।

Advertisement

निषेधाज्ञालाई कारण देखाउँदै क्यानले काठमाडौं उपत्यकालगायत कतिपय जिल्लामा अत्यावश्यकबाहेक सबै प्रकारका सेवाहरू ठप्प भएको, घरबाहिर निस्किन नपाएको, सार्वजनिक एवं निजी सवारीसाधन सञ्चालनमा पनि रोकका कारण कार्यालयसम्म पुग्न र विवरणहरू लिन नसकिने अवस्था भएको विज्ञप्ति जारी गर्दै कर तिर्ने म्याद थपका लागि आग्रह गरेको छ ।

मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, आय करको अग्रिम कर कट्टीलगायत करहरूको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन निजीक्षेत्रको माग रहेको छ ।

Advertisement

कर्मचारी आफै संक्रमित भएकाले कार्यालय आउन जान नसक्ने अवस्था रहकेको भन्दै २५ गतेभित्र कर विवरण तथा कर भुक्तानी गर्नैपर्ने र नतिरेमा जरीवाना लाग्ने व्यवस्था अव्यावहारिक रहेको उनीहरूको ठहर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top