×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

कविता : बा हुनुको अर्थ

३ भाद्र २०७७

✍मीनकुमार नवोदित

जुन दिन छोराले ढाडमा चढेर
‘हट घोंडा हट’ भन्न थाल्यो
त्यही दिनदेखि मैले बा’लाई सम्झन थालें ।

Advertisement
Advertisement

त्यसभन्दा अघि त सम्झिरहें–
बाल्यकालका दौंतरी
गणितको सूत्र नजान्दा
कान समाएर उठबस गराउने शिक्षक
महिना नलाग्दै कोठाभाडा माग्ने घरमालिक
अफिसमा सधैं जोक सुनाउने हाकिम
छिनछिनमा चियोचर्चो गरिरहने छिमेकी
अभावको आगो ताप्न नसकेर
आत्महत्या गर्ने धनजिते दर्जी
र सम्झें–
आफ्नै जिन्दगीको अन्तिम ठेगाना ।

जीवनको उकाली चढ्दै गर्दा
आज बा’लाई सम्झिरहेको छु ।

बा’लाई दङ्ग्याउन रातभरि ढिकुटीमा लुकेको
बा’लाई थर्काउन खोर्सानीबारी फाँडेको
अनि, गाई, भैंसी, गोरु सबै–सबैलाई
फुकाएर मकैबारीमा छाडेको
सिरानीमुनिबाट सुटुक्क पैसा निकालेर
आफ्ना कलिला रहर पूरा गरेको
विद्यालय जाने बहानामा साथीसंगीसँगै
खरबारीमा चिप्लेटी खेलेको
बा’कै टोपीलाई भकुण्डो बनाएको ।

हो, यतिबिघ्न उपद्रो गर्दा पनि
बा आँगनको डिलमा बसेर
प…..र क्षितिजलाई देखाउँदै
खुसीका अनेकन सपना बुन्नु हुन्थ्यो
र, पढाउनु हुन्थ्यो जिन्दगीका पाठ ।

मारेर आफ्ना असंख्य चाहना
मेरै इच्छा र चाहनालाई
मलजल गरिरहनु हुन्थ्यो
बा निरन्तर ।

आज बा’को ठाउँमा छु
सायद मेरो छोराले नि यसरी नै
सम्झँदो होला कुनै दिन–
र, भन्दो होला–
‘बा भनेको त साँच्चै
हजारौंको प्यास मेट्दै अविरल बग्ने
नदीको अर्को नाम रै’छ ।

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top