कांग्रेसका नेता भन्छन्–‘सरकारले सपना मात्रै बाँड्यो’

२० मंसिर ७६, शनिबार

२१ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सरकारले सपना बाँडने तर काम नगर्ने प्रवृतिलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् । नेता केसीले सरकारले भ्रष्टाचारलाई पनि बढ्वा दिएको बताए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आग्रह पूर्वाग्रहलाई प्रोत्साहन दिएकाले ३३ केजी सुन काण्ड, वाइडबडीमा अनियमितता, एनसेल काण्ड, नेपाल टेलिकमको फोरजीमा भएको अनियमितता तथा बालुवाटार जग्गा काण्डका दोषीलाई कारबाही गर्न नसकेको बताए । उनले सरकार आफु कमजोर भई काम गर्न नसकेको दोष कर्मचारी प्रशासनलाई लगाएको आरोप समेत लगाए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालले भारतसँग सीमा विवादको विषयलाई स्पष्टसँग राख्न नसकेको बताए । उनले आवश्यक परे नेपाल सीमा विवादको मुद्दालाई लिएर अन्तर्राष्ट्रिय अदालतमा पनि जान पछि पर्न नहुने बताए ।

Advertisement

सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार राष्ट्रियता, सुशासन र विकास र समृद्धिको यात्रामा सरकार अघि बढेको बताए । उनले जुन स्तरमा काम हुनुपर्ने थियो त्यो स्तरमा नभएपनि प्रतिपक्षी दलले लगाएको आरोपमा सत्यता नभएको बताए । नेता रायमाझीले सीमा विवादको लागि सरकारले कुटनीतिक पहलकदमी अगाडी बढाएको बताए ।

नेताहरुले सीमा विवादको समाधानका लागि सबै दलहरुले सरकारलाई साथ दिएकाले तत्काल पहल गरी आफुनो भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top