कांग्रेस नेता पक्राउको विरोधमा संसद अबरुद्ध

विराटनगर,जेठ २१

१ नम्बर प्रदेशसभामा अवरुद्ध हुने संस्कृतिको सुरुवात भएको छ ।

सरकारका काम कारबाहीमा चित्त नबुझे संसद अवरुद्ध गर्ने वा सभामुखको रोष्टममा गएर उभिने, नाराबाजी गर्ने प्रतिपक्षको चलन छ ।

Advertisement

सोही परम्परा आइतबार १ नम्बर प्रदेशसभा संसदमा पनि सुरु भएको छ । प्रदेशसभाको मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेता तथा सुनसरी जिल्लाका तरुण दलका सभापति सिजन गुरुङलाई बिना कारण थुनामा राखेको भन्दै संसद अवरुद्ध गरेको हो ।

राष्ट्रिय गान पछि सभामुखले आफ्नो कारबाही अगाडि बढाउन खोज्दा नेपाली कांग्रेसका सांसद सभामुखको रोष्टम अगाडि उभिएपछि संसद अवरुद्ध बनेको थियो । सभामुखले पटक पटक बस्न आग्रह गर्दा पनि सांसदहरु नबसेपछि कांग्रेसका सचेतक केदार कार्कीलाई आफ्नो कुरा राख्न सभामुखले आग्रह गरेका थिए ।

Advertisement

सभामुखको आग्रह पछि संसदमा बोल्दै कार्कीले आफ्ना कार्यकर्ता पक्राउको विषयमा जानकारी नदिएका कारण संसद अवरुद्ध गर्नुपरेको बताए । त्यसपछि १० मिनेटका लागि स्थगित भएको संसद पुनः सुचारु भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री विराटनगर बाहिर भएको कारण सोमबार बस्ने बैठकमा जवाफ दिने सत्तारुढ दलसँग सहमति भएपछि बैठक सुचारु भएको हो ।

आइतबारको बैठकमा पनि सांसदहरूले विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य र प्राथमिकता र प्रमुख नीति सहितको पूर्व बजेट सम्बन्धमा छलफल गरेका छन् ।

छलफलमा बोल्दै सांसदहरु नारायणबहादुर मगर, सीता थेबे, कुलप्रसाद साम्बा, एशोदा अधिकारी, कुशुम श्रेष्ठलगायतले आउने बजेटको प्राथमिकताका विषयमा बोलेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top