कांग्रेस प्रवक्ता शर्माले भने- कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत

१९ असोज ७७, सोमबार

१९ असाेज, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को प्रदेशसभामा भएको कुर्सी तोडफोड कांग्रेसको नीति तथा संस्कृति विपरीत भएको बताएका छन्। ‍सोमबार साँझ ट्विट गर्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन्।

‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ,’ प्रवक्ता शर्माले ट्विटमा लेखेका छन्।

Advertisement

उनले कुनै पनि सांसदहरूलाई पार्टीको संस्कृति उल्लंघन गर्ने स्वायत्तता नदिइएको समेत उल्लेख गरेका छन्। ‘रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन,’ ट्विटमा लेखिएको छ।

संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यता भएपनि कांग्रेसका लागि रोजाइको पद्धति भन्दै प्रवक्ता शर्माले आफ्ना नेताहरूको गल्तीलाई `छिटपुट´ भनेर नछोप्ने दाबी गरेका छन्। उनले कठोरतापूर्वक सच्याएर बढ्ने समेत बताएका छन्।

Advertisement

प्रदेश ५ को प्रदेशसभामा सोमबार दिउँसो नेपाली कांग्रेसका सांसदहरूले कुर्सी तोडफोड गरेका थिए। आफूहरूसँग कुनै छलफल नै नगरी एकतर्फी रूपमा प्रदेश ५ को राजधानी भालुवाङ तोक्ने प्रक्रिया अघि बढेपछि आक्रोशित बनेका कांग्रेस सांसदहरूले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top