कांग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त बैठक बस्दै

२७ चैत, काठमाडौँ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक बस्दै छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा तीन दलको संयुक्त बैठक दिउँसो ३ बजे बस्न लागेको सभापति देउवाको सचिवालयले जनाएको छ ।

यसअघि कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।

Advertisement

त्यसको एक हप्तापछि तीन दलको बैठक बस्न लागेको हो । आजको बैठक नयाँ सरकार गठनमा केन्द्रीत हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने माओवादी केन्द्रले पहिलेदेखि नै भन्दै आएको छ । यस्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थतसमेत फिर्ता नलिँदा दलहरु निर्णयमा पुग्न सकिरहेका छैनन् ।

सरकारलाई दिएको समर्थन फिर्ता नगरेकाले माओवादी केन्द्रको भूमिका दोहोरो देखिएको जसपा र कांग्रेसका नेताहरुले बताइरहेका छन् ।

माओवादी केन्द्रले पनि जसपा र कांग्रेसको कारण नयाँ सरकार बन्न ढिलाइ भइरहेको बताइरहेको छ । जसपामा सरकारमा जानेबारे दुई धार देखिएकाले पनि समस्या देखिएको माओवादी र कांग्रेसका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको दिनदेखि नै तीन वटै दलले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलन गरेका थिए ।

सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापना भएको साढे १ महिना बितिसक्दासमेत सत्ता गठबन्धनको अङ्कगणित नमिल्दा तीन दलले नयाँ सत्ता गठबन्धन बनाउन सकिरहेका छैनन् ।

सत्तारुढ पार्टी फुट्दा, अर्को दलले समर्थन फिर्ता लिँदा अथवा संसद विघटन हुँदा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान भए पनि प्रधानमन्त्री ओलीले त्यसो गरेका छैनन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top