काठमाडौँमा दिनहुँ ४० जना स्वास्थ्यकर्मी संक्रमित बन्दै

६ कात्तिक ७७, शुक्रबार

काठमाडाैँ : कोरोना भाइरसको उपचारका लागि अग्रपंक्तिमा खटिएका करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमितको उपचारमा खटिएकामध्ये एक चिकित्सकसहित तीनजना स्वास्थ्यकर्मीले संक्रमणबाट ज्यान गुमाए । कोरोना जितेका स्वास्थ्यकर्मीहरु पुनः बिरामीको सेवामा फर्किएका छन् । चिकित्सकहरुको साझा संगठन नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की भन्छन्, ‘सुविधाको आकर्षणले भन्दा सेवाको भावले स्वास्थ्यकर्मी खटिरहेका छन् ।’

दिनहूँ संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीको संख्या ५ हजारभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए । उनका अनुसार यसरी खटिँदा आफै संक्रमित भएकामध्ये करिब ७५ प्रतिशत स्वास्थ्यकर्मी निको भइसकेका छन् ।

सबैभन्दा बढी संक्रमण देखिएको काठमाडौँ उपत्यकामा दुई महिनायता दिनहुँ करिब ४० जना स्वास्थ्यकर्मी संक्रमित भइरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

Advertisement

हालसम्म संक्रमणमा परेका ५ हजार स्वास्थ्यकर्मीमध्ये करिब २ हजार जति चिकित्सक रहेका छन् । ‘न सरकार, न पैसाका लागि खटिरहेका छन्, विशुद्ध पेसागत धर्म निर्वाह गर्न ज्यान दाउमा लगाउँदै हप्तौँसम्म परिवारलाई नभेटी बिरामीको उपचार गरिरहेका छन्,’ संघका डा. लोचन कार्की भन्छन् ।,आजको कान्तिपुर दैनिकमा खबर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top