काठमाडौँ-तराई/मधेस द्रुतमार्गको डीपीआर तयारी अन्तिम चरणमा

१४ माघ ७५, मंगलबार

काठमाडौँ , माघ १५

राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ-तराई/मधेस द्रुतमार्गको विस्तृत परियोजना रिपोर्ट(डीपीआर) लगभग तयार भएको छ ।
माघ १९ गते प्रारम्भिक रिपोर्ट तयारी हुने र २ हप्ताको समय लगाएर सो डीपीआर सेनाले अध्ययन गरेर पठाउने र त्यसको १ हप्तापछि अन्तिम डीपीआर तयार हुने नेपाली सेनाका फास्ट ट्रयाक आयोजना प्रमुख योगेन्द्र खाँडले बताए ।

प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको टोली सहित मंगलबार फास्ट ट्रयाकको काठमाण्डौतर्फको प्रस्थान बिन्दु खोकनाको निरीक्षण कार्यक्रममा आयोजना प्रमुख खाँडले यो जानकारी दिएका हुन् । डीपीआर बनाउन असोज १६ गते कोरियाली कम्पनीसँग सम्झौता भएको थियो । आयोजनाको अधिग्रहण गर्नुपर्ने १५ हजार २९ रोपनी जमिन मध्ये १० हजार ५ सय रोपनी जमिन अधिग्रहण भैसकेको छ । सेनाले १।३७ किमी सुरुङको सट्टा ६।०७ किमीको ३ सुरुङ बनाउन लागेको छ ।

Advertisement

राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ(तराईरमधेस द्रुतमार्गको काम नेपाली सेनाले द्रुतगतिमा गरिरहेको छ । सेनाले पूर्ण शक्ति लगाएर आर्थिक वर्ष २०७८/०७९ मा सरकारलाई हस्तान्तरण गर्ने गरी काम गरिरहेको छ । सडक निर्माणलाई उच्च गति दिनको लागि डीपीआर बिना नै काम भइरहेको छ । पहिले भएको अध्ययनको आधारमा काम भैरहेको र आगामी माघसम्म डीपीआर बनिसक्ने सेनाका प्रवक्ता गोकुल भण्डारीले बताए ।

आर्थिक वर्ष २०७४/०७५ मा सेनाले सत प्रतिशत भौतिक र ९५ प्रतिशत वित्तीय प्रगति गरेको छ । गत आर्थिक वर्षमा सेनाले साढे १९ हजार रुख कटान गरेको छ भने लक्ष्य अनुरुप क्याम्प, सडक, जग्गा अधिग्रहण, डीपीआर निर्माणमा सत प्रतिशत नतिजा निकालेको छ ।
चालू आर्थिक वर्षमा सेनाले ५४ किलोमिटर सडकतर्फ ३३ प्रतिशत प्रगति भैसकेको छ । हाल सडकलाई विभिन्न खण्डमा विभाजन गरी कटिङ, फिलिङ र सब ग्रेड फर्मेशनको काम भैरहेको छ । यस्तै, हाइजवे स्ट्रक्चर, ड्रइविङ डिजाइन निर्माण गरि बिडिङको काम अन्तिम चरणमा पुगेको छ ।

यस्तो छ आयोजनामा सेनाको भावी लक्ष्य
चालू आर्थिक वर्षमा सेनाले बहुवार्षिक ठेक्का प्याकेजहरु र कटिङ र फिलिङको काम सक्ने लक्ष्य राखेको छ । पुल र सुरुङमार्गको काम यसै वर्षमा शुरु हनेछ । सडक निर्माणको क्रममा आवश्यक पूर्वाधारको विकास गरी आगामी माघसम्म डीपीआर निर्माण सम्पन्न हुनेछ ।
यसैगरी विभिन्न प्रकारको संरचनाहरु कल्भर्ट, ड्रेनेज, क्रस ड्रेनेज, रिईन्फोर्स अर्थ वाल, रिटेनिङ वाल, अण्डरपास लगायत पूर्वाधारको काम हुनेछ ।

आर्थिक वर्ष ७७ देखि ७९ सम्म हुने काम
सडक, पुल, सुरुङ, स्लोप प्रोटेक्शन, इन्टरचार्ज, टोल प्लाजा, हाइवेज सेफ्टी फर्निचर लगायत पूर्वाधारको निर्माण सकेर आर्थिक वर्ष २०७८/०७९ मा सरकारलाई बुझाउने छ । नेपाली सेनाको टोलीले तराई र पहाड जोड्ने फास्ट ट्रयाक निर्माणका लागि धमाधम पहाड फोरिरहेको छ । महाभारत, शिवालिग र चुरे पर्वत फोरेर सेनाले देश भित्रको दुरी मेट्दैछ । प्रतिकिलोमिटर १२० घण्टाको स्पीडमा यहाँ सवारी साधनहरु गुड्नेछन् । एसियाली मापदण्डको यो सडक देशको समृद्धिमा कोशे ढुंगा सावित हुनेछ । सेनाले १० ठाउँमा क्याम्प खडा गरेर युद्धस्तरमा काम गरिरहेको जनाएको छ । (विकास न्युजबाट)

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top