काठमाडौंमा पनि खनाल–नेपाल समूहको समानान्तर कमिटी गठन

२१ चैत ७७, आइतबार

२२ चैत्र, काठमाडौं ।
नेकपा एमालेको खनाल–नेपाल समूहले काठमाडौँमा पनि समानान्तर कमिटी गठन गरेको छ ।

बागमती प्रदेश सभाका सदस्यसमेत रहेका बसन्तप्रसाद मानन्धरको नेतृत्वमा कमिटी घोषणा गरिएको हो ।

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई पार्टीको साधारण सदस्यबाट ६ महिना निलम्बन गरेपछि खनाल–नेपाल समूहले देशभर समानान्तर कमिटी बनाउने कार्यलाई तिव्रता दिएको छ ।

Advertisement

एमालेको जिल्ला अध्यक्षमा ओली समूहका कृष्ण राई छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top