काठमाडौंलाई मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगरियोस्ः मेयर शाक्य

१८ कात्तिक ७७, बुधबार

१९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सांस्कृतिक सहरका रुपमा चिनिएको काठमाडौं उपत्यकालाई मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगर्न आग्रह गरेका छन् ।

खुलामञ्चमा खाना खुवाइरहेका संस्थालाई रोक लगाएपछि चौतर्फी आलोचना भइरहेका बेला मेयर शाक्यले पत्रकार सम्मेलन नै गरेर काठमाडांैमा कसैले पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था नरहेको पनि दावी गरेका छन् ।

‘काठमाण्डौलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रही आएको छ । कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचक्र्याइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र सांस्कृतिक शहरका रुपमा परिचित काठमाण्डौ मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ’, शाक्यले भने ।

Advertisement

कोरोना महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी भएमा आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा उनीहरू कसैलाई पनि भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौं महानगरपालिका प्रतिवद्ध रहेको शाक्यले दावी गरेका छन् ।

देशमा लकडाउन हटिसकेकाले सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिने शाक्यको भनाइ छ ।

Advertisement

‘हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरि खाना खान पाउनुपर्छ, काठमाण्डौ महानगर यो मान्यतामा दृढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न’, शाक्यले भने ।

कोरोना महामारीका कारण रोजगारी गुमेर केही समयका लागि हातमुख जोड्ने समस्याले पेट भर्नकै लागि ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जाल लगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मानलाई भने यसले आघात पुर्याउने कुराप्रति सचेत हुन मेयर शाक्यको आग्रह छ ।

अहिले काठमाण्डौका पुरानो बसपार्क लगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आउने गरेको कुराप्रति पनि ध्यानाकर्षण शाक्यको भनाइ छ ।

कुनै पनि मानवीय सेवा यदि स्वच्छभाव र स्वार्थरहित ढंगले प्रदान गरिएको छ भने त्यसलाई आडम्बरपूर्ण सार्वजनिक प्रदर्शनको विषय बनाउनु आवश्यक हुन्न । समस्यामा परेका श्रमिक, गरिब र असहायलाई खाना खुवाउने कार्यमा काठमाण्डौ महानगरपालिकाको कुनै वैरभाव छैन ।

जनगुनासोलाई समेत ध्यानमा राखी बढी भिँडभाड हुने र सार्वजनिक स्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा महानगरपालिकाले आग्रह गरेको छ । त्यसका लागि आवश्यक सहयोग गर्न काठमाण्डौ महानगरपालिका तयार रहेको पनि शाक्यको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top