काठमाडौं उपत्यकामा नदीमा भेला भएर छठ पर्व मनाउन रोक

२ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा नदीमा भेला भएर छठ पर्व मनाउन प्रशासनले रोक लगाएको छ । कोरोना भाइरस संक्रमण अझै बढ्दो अवस्थामा रहेको जनाउँदै यसपटक घरमै बसेर पर्व मनाउन प्रशासनले अनुरोध गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुधबार जिल्ला सुरक्षा समितिको बैठक राखेर पनि निर्णय गर्ने र योपटक सबैले घरघरमा पूजा गर्नुपर्ने बताएका छन् । दाहालका अनुसार जाडोको समयमा संक्रमणको जोखिम झन् बढ्ने भएकाले नदीमा जम्मा भएर भिडभाड गर्न निषेध गरिएको हो ।

‘वर्षौंदेखि चलिआएको रथ यात्राहरुदेखि लिएर मन्दिरहरु पनि दसैं, तिहार लगायतका चाडपर्वमा खुलेनन्’, दाहालले भने, ‘त्यसैले छठ पर्वमा पनि आमनागरिकले प्रशासनको अनुरोध मानिदिनु हुनेछ भन्ने विश्वास छ ।’

Advertisement

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार भिडभाड हुने खालका गतिविधिमा रोक लगाउने मन्त्रिपरिषद्कै निर्णय छ । त्यही अनुसार देउसी, भैलो जस्ता गतिविधिलाई समेत रोक लगाइएको उनी बताउँछिन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले स्वास्थ्य मापदण्ड पालना गरेर सीमित रुपमा पर्व मनाउनुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top