काठमाडौं महानगरपालिकाले आजदेखि पाँच दिन बृहत् कोरोना परीक्षण गर्ने

१३ जेठ ७८, शुक्रबार

१४ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आजदेखि पाँच दिन बृहत् कोरोना परीक्षण गर्ने भएको छ ।

समुदाय स्तरमा कोरोना संक्रमण दरको अवस्था बुझ्न एन्टिजेन विधिमार्फत् काठमाडौं महानगरपालिकाले परीक्षण गर्न लागेको हो ।

Advertisement

परीक्षण ३२ वटै वडाका तोकिएका केन्द्रमा हरेक दिन दुई सिफ्टमा हुने महानगरले जानकारी दिएको छ । हरेक केन्द्रमा बिहान १० देखि १ बजेसम्म पहिलो र दिउँसो २ देखि ५ बजेसम्म दोस्रो सिफ्टमा परीक्षण हुने भएको हो ।

कोरोना बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रपंक्तिमा काम गर्ने व्यक्ति, कोभिडका लक्षण देखिएका व्यक्ति साथै निषेधाज्ञाका बेला बाहिर काम गर्ने व्यक्तिको परीक्षण गरिने छ । परीक्षणका लागि महानगरले परीक्षण केन्द्र र समय तालिकासमेत प्रकाशित गरेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top